तमु होल छोज् घीँ पाख्रीवासको दोश्रो अधिवेशन सम्पन्न
धनकुटा,चैत १७ । तमु होल छोज् घीँ पाख्रीवासको दोश्रो अधिवेशन आज पाख्रीवासमा सम्पन्न भएको छ ।
तमु होल छोज् घीँ का केन्द्रिय सदस्य केवल गुरुङको प्रमुख आतिथ्य तथा नेपाल वौद्व गुम्वा विकास समिति पाख्रीवासका जेष्ठ नागरिक भक्त वहादुर गुरुङको अध्यक्षतामा सम्पन्न अधिवेशनले १७ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ ।
नवगठित समितिका अध्यक्षमा श्याम गुरुङ, उपाध्यक्षमा मीन वहादुर गुरुङ, सचिवमा निरोज गुरुङ, सह सचिवमा टंक वहादुर गुरुङ र कोषाध्यक्षमा धनमाया गुरुङ रहेका छन् ।
अन्य सदस्यहरुमा निरमाया गुरुङ,ज्योती गुरुङ,कोपिला गुरुङ,जित वहादुर गुरुङ लगायत रहेकाछन् ।
अधिवेशनमा तमु होल छोज् घीँ का जिल्ला अध्यक्ष ज्ञान वहादुर गुरुङ सहित महालक्ष्मी नगरपालिका र चौविसे गाउँपालिकाका तमु होल छोज् घीँ का पदाधिकारीहरुको उपस्थिती थियो ।


