आ गलागी पी’डितको लागी राहत संकलन कार्यक्रम

धनकुटा,चैत १८ । धनकुटा उद्योग बाणिज्य संघले आ गलागी पी’डित व्यावसायीहरुको लागी धनकुटा बजारमा राहत संकलन कार्यक्रमको आयोजना गरेको छ ।

धनकुटाका यूवा व्यावसायीहरु सोभित श्रेष्ठ र सरोज भूजेलले सञ्चालन गरेको धनकुटा बजारको मदन चौक नजिकै रहेको बहुमुखी पाठशालामा हालै अा’गलागीका कारण त्यहा सञ्चालित टपरा बनाउने मेसिन ,खाजा घर लगायत साउण्ड सिस्टमका साथै पाठशालाको सम्पूर्ण सामाग्रीहरु ज’लेर न’ष्ट भएकाले उनिहरुको सहयोगका लागि उद्योग बाणिज्य संघले धनकुटा बजारमा राहत संकलन गरेको हो ।

राहत संकलन कार्यक्रमको धनकुटा बजारमा संघका अध्यक्ष विजय सन्तोषी राईले शुभारम्भ गर्नु हुदै धनकुटाका सवै व्यावसायीहरुलाई आफुले सकेको सहयोग गरी दुखमा साथ दिन आग्रह गर्नु भयो ।कार्यक्रममा संघका उपाध्यक्ष निर्मला राई श्रेष्ठ,कोषाध्यक्ष रुपेश श्रेष्ठ,कार्यकारी सदस्यहरु रोजिना पखिले,रेवती प्रसाद अधिकारी,अम्विका धमला,शोभा श्रेष्ठ,व्यावसायी तुलसी वारकोटी,कार्यलय सचिव सचिन प्रधान कर्मचारी नवराज श्रेष्ठ लगायतकाे सहभागीता थियो ।

धनकुटाको हिले बजारमा पनि धनकुटा उद्योग बाणिज्य संघले अ ग्नी पीडित व्यावसायीका लागि राहत संकलन गरेको संघका वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्गले वताउनु भयो ।

जिल्लाको अन्य क्षेत्रहरुमा पनि राहत संकलन गरी पीडित व्यावसायीहरुलाई राहत प्रदान गरीने संघका अध्यक्ष विजय सन्तोषी राईले वताउनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।