कालिम्पोंगबाट नेपाल आएर मेरिनाले गाइन् “उडी जाने बनचरीको” (भिडियो)

धनकुटा । गीत-संगीत,साहित्यलाई न कुनै सीमाले नै छेकिन्छ न त दूरीले नै । हुन त भारत जन्मभूमि भइ नेपाली गीत-संगीत र साहित्यलाई यो स्थानसम्म ल्याइ पुराउनमा थुप्रै अग्रज कलाकार,स्रष्टाहरुको अतुलनिय योगदान रहेको सर्वविदित छ ।

भारतको कालिम्पोंग स्थायी घर भएर हाल कक्षा १२ मा अध्ययन गरिरहेकी एक प्रखर स्वरकी धनी गायिका हुन् मेरिना लेप्चा । कलेज जॉंदा सानो एउटा गीत गाएर साथीहरुले फेसबुकमा लगाएपछि रातारात भाइरल भएकी लेप्चा अप्रत्यासित रुपमै त्यतिकै गाएको गीत त्यस्तो दर्शकहरुले मन पराइदिनु हुन्छ होला भन्ने नसोचेको बताउंछिन् ।

त्यही गीत नेपालका चर्चित संगीतकार तथा गायक बिक्रम राईले पनि सामाजिक संजालमा देखेर प्रतिक्रिया दिएपछि गायिका लेप्चा संग पहिलो सम्पर्क भयो । त्यति मिठो स्वरकी प्रतिभालाई संरक्षण र दर्शक सामु ल्याउने सोंचका साथ काठमाडौ बोलाइने र गीत रिकार्ड पनि गराइन् ।

लेप्चाको स्वर यति मिठो छ सायदै नयॉं आएका कुनै पनि गायिकाहरुमा त्यो मिठास भेटिंदैन । संगीतको कुनै औपचारिक शिक्षा नलिएकी तर सानै उमेरदेखि स्कुलतिर भने गाउने गरेको लेप्चा बताउंछिन् ।

दुई बर्ष अगाडि नै शिक्षिका पेशामा आवद्द लेप्चाकी आमाको देहान्त भएको र अहिले बुबाले नै सबै जिम्मेवारी सम्हाल्दै आएको बताउंछिन् ।

भर्खरै लेप्चाको स्वरमा रहेको ‘उडी जाने बनचरीको’ गीत युट्युब मार्फत सार्बजनिक भएको छ । दुर्लभ जन्तरेको शब्द र बिक्रम राईको संगीत रहेको यो गीत एकपल्ट सुनेपछि फेरि पनि सुनौं लाग्छ ।

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।