जिल्ला सहकारी संघ धनकुटाद्वारा ​फलफुल वितरण

धनकुटा,२० चैत । राष्ट्रिय सहकारिको ६४ औं स्थापना दिवसको अवसरमा जिल्ला सहकारी संघ धनकुटाले जिल्ला अस्पतालमा धनकुटामा उपचारार्थ बिरामिहरुलाइ फलफुल बितरण गरेको छ ।

फलफुल वितरण कार्यक्रमा जिल्ला सहकारी संघ धनकुटाका अध्यक्ष खगेन्द्र सुवेदी, केन्दिय पार्षद सुन्दबाबु श्रेष्ठ लगायत सहकारी संघका पदाधीकारी सदस्य साथै सरोकारवालाहरुको उपस्थिती रहेका जिल्ला सहकारी संघ धनकुटाका सहसचिव तिलक महतले जानकारी दिनु भयो ।

यो पनि,

फास्ट ट्रयाक विवाद : बाबुरामले भने- लेखा समितिको आदेश ठिक छ

काठमाडौं, पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले लेखा समितिले फास्ट ट्रयाकको ठेक्का प्रक्रिया रोक्न दिएको आदेश ठिक भएको बताएका छन्।

शुक्रबार बिहान सामाजिक सञ्जाल मार्फत् उनले पचासौँ अर्बको ठेक्कमा एउटा मात्र ठेकेदार छान्नु गलत भएको भन्दै ठेक्का प्रक्रिया रोक्नुपर्नेमा जोठ दिएका हुन्।

संसद्को सार्वजनिक लेखा समितिले सेनाको नेतृत्वमा बनिरहेको काठमाडौं–निजगढ फास्ट ट्रयाकमा आर्थिक अनियमितता भएको भन्दै प्रतिस्पर्धाविना दिन लागिएको २५ अर्बको ठेक्का प्रक्रिया रोक्न निर्देशन दिएको थियो।

‘राष्ट्रिय गौरवका योजनामध्ये एक नम्बरमा राखिएको काठमाडौं-तराई फास्ट ट्रयाकको निर्माण फेरि विवादमा पर्नु दुःखद छ,’ भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘पचासौं अर्बका ठेक्काको पिक्यू गर्दा एउटामात्र ठेकेदार छान्नु स्वत:गलत थियो! भ्रष्टाचारको ह्वास्स गन्ध आउॅथ्यो। लेखासमितिले रोक्ने आदेश गरेर ठीक गर्यो।आदेश पालना होस्!छानवीन होस्!’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।