धनकुटाको त्रिवेणी माविमा बित्तीय साक्षात्कार कार्यक्रम सम्पन्न
धनकुटा,चैत २० । जिल्ला सहकारी संघ धनकुटा र राष्ट्रिय सहकारी बैंक शाखा धनकुटाको संयुक्त आयोजनामा धनकुटाको त्रिवेणी माविमा बित्तीय साक्षात्कार कार्यक्रम सम्पन्न भएको छ ।

सहकारी संघका अध्यक्ष खगेन्द्र प्रसाद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सहकारी बैंकको मेनेजर रोशन गुरुङ र खेम राज घिमिरेले गरेका थिए ।
कार्यक्रमलाई राष्ट्रिय सहकारी महासंघका केन्द्रिय पार्षद सुन्दरवावु श्रेष्ठ,त्रिवेणि मा वि का प्रधानाध्यापक दीपक पोख्रेलले सम्बोधन गरेका थिए । कार्यक्रमको सञ्चालन बैंकका मेनेजर रोशन गुरुङ्गले गर्नु भएको थियो ।
कार्यक्रममा विद्यार्थी र सहकारी अभियन्ताहरुको उपस्थिति थियो ।


