चुलिवन सामुदायिक बनमा भिषण आ’गलागी

चैत २१,धनकुटा । धनकुटा नगरपालिका वडा नं ७ चुलिवन सामुदायिक बनमा भिषण आ’गलागी भइरहेको छ ।

चुलिबन सामुदायिक बनमा लागेको डढेलोको कारण बन छेवैमा रहेको धन बहादुर पौडेलको घर पनि ज लेर न’ष्ट भएको प्रहरीले जनाएको छ ।

आ’गलागीबाट पौडेलको १८ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरिक्षक रोहित शर्माले जानकारी दिनुभयो ।

डढेलोले कुनै मानवीय क्षति नभएको तर केही पशु चौपाया र एउटा गोठ ज’लेर नष्ट भएको प्रहरी निरिक्षक शर्माले बताउनु भयो ।

चुलिबन सामुदायिक बनको लगभग ४,५ हेक्टर वन ज लेर नष्ट भएको जिल्ला बन कार्यालय धनकुटा प्रमुख मेघराज राईले बताउनु भयो ।

दुईवटा दमकलबाट आ’गलागी नियन्त्रण प्रयास जारी रहेको धनकुटा नगरपालिका वडा नं ७ का वडा अध्यक्ष जंग बहादुर राईले बताउनु भयो ।

आ’गलागी नियन्त्रणको लागि जिल्ला बनका कर्मचारी,नेपाल प्रहरी,शसस्त्र प्रहरी बल र नेपाली सेना परिचालन गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।