धनकुटा सिटि जेसिजको प्रथम साधारण सभा सम्पन्न

चैत २२,धनकुटा । धनकुटाका युवाहरुको व्यक्तित्व र नेतृत्वको विकासका लागि विभिन्न कार्यक्रम गर्ने निर्णय गर्दै धनकुटा सिटि जेसिजको प्रथम साधारण सभा सम्पन्न भएको छ ।

धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले धनकुटा सिटि जेसिजको साधारण सभाको उद्घाटन गर्दै जेसिजले यूवाहरुको व्यक्तित्व र नेतृत्व विकास गर्दै सामाज रुपातन्तरण गर्ने वताउनु भयो ।

कार्यक्रममा धनकुटा सिटि जेसिजका पूर्व अध्यक्षहरु लगायत गोकुण्डेश्वर उच्च माविका प्रर्चाय यज्ञ चापागाई, प्यापसनका प्रदेश नम्वर १ सचिव राजन पौडेल,सिटि जेसिजका कार्यकारी उपाध्यक्ष इश्वरी सुवेदी,महासचिव करुणा कटुवाल लगायतले जेसिजलाई धनकुटाका सवै यूवाहरु समक्ष पु¥याउदै यूवाहरुको व्यक्तित्व र नेतृत्व विकास गर्ने पर्नेमा जोड दिएका थिए ।

धनकुटा सिटि जेसिजका अध्यक्ष पुण्य प्रसाद अधिकारीको अध्यक्षतमा सम्पन्न साधारण सभाको अथितिहरुलाई अध्यक्ष अधिकारीले मायाको चिनो प्रदान गर्नु भएको थियो ।

साधारण सभाले धनकुटका यूवाहरुका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्ने निर्णय गरेको छ । साधारण सभाको सञ्चालन धनकुटा सिटि जेसिजका महासचिव करुणा कटुवालले गर्नु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।