आ’गलागीबाट २ वटा घर ज’लेर न’ष्ट
चैत २२,धनकुटा । धनकुटाको शहिदभूमी गाउँपालिका वडा नं १ मा आ’गलागीका कारण आज २ वटा घर ज’लेर न’ष्ट भएको छ ।
त्रिवेणी सामुदायिक वनमा हिजो देखी लागेको ड’ढेलोको कारण नर वहादुर वोगटी र उहाँका छोरा राज वहादुर वोगटीको टिनको छाना भएको काठको एउटा र फुसको छाना भएको ढुंगा माटोले वनेको अर्कोे घर पूर्ण रुपमा ज’लेको वडा नं १ का वडा सदस्य सोम वहादुर राना मगरले जानकारी दिनुभयो ।
आ’गलागीका कारण बुबा छोरा कै गोठ,वाख्राको खोर र ४ वटा वाख्रा समेत जलेको उहाँले वताउनुभयो । घरमा रहेको भाडावर्तन,लत्ताकपडा,अन्न सहितका समाग्री ज’ल्दा जम्मा ७ लाख वरावरको क्षती भएको अनुमान गरिएको छ ।
आ’गलागी पीडित परिवार अहिले आफन्तकोमा वसेका छन् । उनिहरुलाई गाउँपालिका सँग समन्वय गरि राहत उपलव्ध गराईने वडा सदस्य मगरले वताउनुभयो । त्रिवेणी सामुदायिक वनदेखी शूरुभएको ड’ढेलो अहिले खैरेनी सामुदायिक वनको वीच भागमा पुगीसकेको छ ।
डढेलो नियन्त्रणका लागि स्थानिय सहित प्रहरीले प्रयास जारी राखे पनि हावाहुरीको कारण नियन्त्रणमा आउन सकेको छैन ।


