अनिवार्य नि:शूल्क मावि को नव निर्मित ३ कोठे भवनको उद्घाटन

धनकुटा । धनकुटाको शहिदभूमी गाउँपालिका १ सिम्ले को श्री अनिवार्य नि:शूल्क मावि को नव निर्मित ३ कोठे भवनको उद्घाटन गरिएको छ ।

संघिय सरकारको पून निर्माण प्राधिकरण अन्र्तगत जिल्ला शिक्षा कार्यलय धनकुटाबाट आर्थिक वर्ष २०७४/७५ निर्माण शूरु गरिएको भवनको चालु आर्थिक वर्षमा निर्माण कार्य पूरा भएपछि आज उद्घाटन गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष मनोज राईको प्रमुख आतिथ्य तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरवल राईको अध्यक्षता भएको कार्यक्रमको वीच भवन उद्घाटन गरिएको हो । यो भवन संघिय सरकारको ३० लाख लागतमा निर्माण गरिएको विद्यालयले जनाएको छ ।

कार्यक्रममा वोल्दै प्रमुख अतिथि राईले सो विद्यालयमा शिक्षक दरवन्दिको व्यवस्थापन गर्ने र यही आर्थिक वर्ष भित्र भौतिक सुधारका लागि आवश्यक पहल गर्ने वताउनुभयो ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष रत्नश्वरी राई,शिक्षक दुर्गा वहादुर खड्का लगायत विभिन्न विद्यालयका शिक्षक एवम् विद्यार्थीहरुको उपस्थिती थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।