पत्रकार महासंघको निर्वाचनका लागि धनकुटामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
धनकुटा,२२ चैत । धनकुटा नेपाल पत्रकार महासंघको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
चैत्र २५ गते हुने निर्वाचनका लागि महासंघको मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
महासंघ धनकुटाको शाखाको बैठकले निर्वाचनका लागि जिल्लामा बरिष्ठ पत्रकार तिलबिक्रम चेम्जोग मुख्य निर्वाचन अधिकृत रहने गरी तिन सदस्य निर्वाचन समिति गठन गरेको छ ।
समितिको निर्वाचन अधिकृतमा ठगिन कुमार राई र जयन्द्र प्रधान रहनु भएको पत्रकार महासंघ धनकुटाका सचिव जिल्ला सचिब विदुर खवासले जानकारी दिनु भयो ।
कार्यालय स्थापना भए सँगै निर्वाचनका लागि आवश्यक तयारी समेत शुरु गरिएको मुख्य निर्वाचन अधिकृत चेम्जोगले बताउनु भयो ।


