गोकुण्डेश्वर वालमन्दिर मावि सवै भन्दा धेरै स्वर्ण मेडल जित्न सफल
चैत २३,धनकुटा । १२ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्र्तगत दोश्रो धनकुटा नगरपालिका स्तरिय खेलकुद प्रतियोगितामा गोकुण्डेश्वर वालमन्दिर माद्यमिक विद्यालयले सवै भन्दा धेरै स्वर्ण मेडल जित्न सफल भएको छ ।
आज सम्पन्न प्रतियोगितामा विभिन्न खेलहरु जित्दै गोकुण्डेश्वर वालमन्दिर माविले १२ स्वर्ण जित्न सफल भएको भलिवल संघ प्रदेश १ का अध्यक्ष तथा दोश्रो धनकुटा नगरपालिका स्तरिय खेलकुद प्रतियोगिताका निर्णायक चिफ विनय राईले जानकारी दिनुभयो ।
त्यस्तै ८ वटा स्वर्ण मेडल जित्दै हिले मा वि दोश्रो र ५ वटा स्वर्ण मेडल जित्दै गोकुण्डेश्वर मा वि तेश्रो भएको उहाँले वताउनुभयो ।
प्रतियोगिता अन्र्तगत आज भएको छात्र तर्फको भलिवलमा तल्लो गोकुण्डेश्वर मावि पहिलो,गोकुण्डेश्वर मावि सिरान वजार दोश्रो र त्रीवेणी मावि तेश्रो भएका थिए भने छात्रा तर्फको भलिवल खेलमा गोकुण्डेश्वर मावि सिरान वजार पहिलो,गोकुण्डेश्वर मावि वालमन्दिर दोश्रो र त्रीवेणी मावि तेश्रो भएका थिए । यता छात्र तर्फको कर्वडी खेलमा त्रीवेणी मावि पहिलो, गोकुण्डेश्वर मावि दोश्रो र हिले मावि तेश्रो भएका थिए ।
छात्रा तर्फ हिले मावि प्रथम, गोकुण्डेश्वर वालमन्दिर मावि द्धितीय र त्रीवेणी मावि तृतीय भएका थिए । आजका विजेता विद्यालयहरु आउदो वैशाख ३ र ४ गते जिल्लाको सातै स्थानिय तहका विद्यालयहरु वीच हुने प्रतियोगितामा भिड्ने छन् ।
धनकुटा नगरपालिका स्तरिय खेलकुद प्रतियोगितामा जम्मा ८ वटा विद्यालयले सहभागिता जनाएका थिए ।


