संचालनमा आयो “डिकेटी कृउ डान्स सेन्टर”
धनकुटा । धनकुटाको सुन्दर नगरी पाख्रीबास नगरपालिका वडा नं ४ मा आजबाट औपचारिक रुपमा ‘डिकेटी कृउ डान्स तथा जुम्बा” तालिम केन्द्र संचालनमा आएको छ ।
धनकुटा खबर नेटवर्क सर्भिस् प्रालि सम्बद्द यस प्रशिक्षण केन्द्र पाख्रीबास बजार क्षेत्रको हिले-पाख्रीबास सडक खण्डमा रहेको हिले फार्मेसी संगै रहेको छ ।
मुख्य प्रशिक्षकको रुपमा टिन्ज कृउ धनकुटाका सुमन योगी र साथमा जिल्ला र जिल्ला बाहिरका अन्य प्रशिक्षकहरु समेत रहेका छन् ।
विशेष बिद्यार्थीहरुलाई लक्षित गरि संचालनमा ल्याइएको भए पनि यस तालिम केन्द्रमा प्रशिक्षण लिन चाहने जो कोहीलाई उमेरको हदबन्दी तोकिएको छैन ।
प्रशिक्षण अवधि भरिका उत्कृष्ट प्रशिक्षार्थीलाई आफ्नै ब्यानरमा निर्माण हुने म्यूजिक भिडियो तथा टेलि सिरियलहरुमा अभिनय,नृ्त्य गर्न अवसर पनि प्रदान गरिने जनाइएको छ ।


