एसिस्टेन्ट वेटर र ईण्डियन कुक सम्वन्धि ६५ दिने तालिम शुरु

धनकुटा । धनकुटा १ हिलेमा एसिस्टेन्ट वेटर र ईण्डियन कुक सम्वन्धि ६५ दिने तालिमको आज उद्घाटन गरिएको छ ।

ब्रिलियण्ट मेनपावर ट्रेनिङ सेन्टरको आयोजना तथा नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय ग्रामिण उद्यम तथा विप्रेषण आयोजना (समृद्वी)को आर्थिक सहयोग तथा हेल्भेटास नेपालको प्राविधिक सहयोगमा ३९० घण्टाको तालिम सञ्चालन गरिएको हो ।

तालिममा सहभागी मध्ये २०, २० जनाको दुई समूह गरि ४० जनालाई ईण्डियन कुक र २० जनाको समूहलाई एसिस्टेण्ट वेटरको तालिम दिईने ब्रिलियन मेनपावर ट्रेनिङ सेन्टरका डिस्ट्रिक काेअर्डिनेटर रामप्रसाद विश्वकर्माले वताउनुभयाे ।

कृषि तथा गैर कृषि क्षेत्रमा आयआर्जन सम्वन्धि क्रियाकलाप गर्न सभ्य लघु,घरेलु तथा साना उद्यम प्रादान गर्न तथा ग्रामिण गरिव घरपरिवार,अाप्रवासी घर परिवार र अाप्रवासन बाट फिर्ता भएकाहरुका लागि दिगो आय आराजनको श्रोत प्रदान गर्ने लक्षका साथ तालिमको आयोजना गरिएको डिस्ट्रिक काेअर्डिनेटर विश्वकर्माले जानकारी दिनुभयाे ।

तालिम उद्घाटन कार्यक्रममा बोल्दै धनकुटा नगरपालिका १ का कार्यवाहक अध्यक्ष लालचन्द्र गाेम्वाले स्थानिय युवाहरुलाई घरदैलोमै आएर यस्ता तालिम दिएको प्रति आयोजकलाई धन्यवाद दिदै तालिम सिकेपछि युवाहरुले स्थानिय स्तरका हाेटलहरु मै रोजगारीको सुनिश्चतता गराउन व्यक्तिगत तथा स्थानिय सरकारको तर्फबाट पहल गर्ने वताउनुभयो ।

कार्यक्रमका उद्योग वाणिज्य संघ धनकुटाका उपाध्यक्ष तथा होटल एशोसियसनका अध्यक्ष खगेन्द्र कुमार विष्ट, हिले प्रहरी चाै प्रतिनिधि, मातृभूमी महिला समाजका प्रतिनिधि लगायतको उपस्थिती थियाे ।

स्वागत मन्तव्य प्रशिक्षक कमल घिमिरेले राख्नुभएकाे थियाे । सञ्चालन सुनिल सिंहले गर्नुभएकाे थियाे । तालिममा मुख्य प्रशिक्षकहरु अजित कर्ण,कमल घिमिरे र समीर थापाले प्रशिक्षण दिनेछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।