४ सय ५५ घरधुरी किसानलाई प्लाष्टिक टनेल वितरण
चैत २५,धनकुटा । धनकुटा नगरपालिका वडा नं २ भिरगाँउका ४ सय ५५ घरधुरी किसानलाई प्लाष्टिक टनेल वितरण गरिएको छ ।

धनकुटा नगरपालिका, यूएनडिपिको आर्थिक सहयोग तथा पर्डेप नेपाल धनकुटाको प्राविधिक सहयोगमा सञ्चालन भइरहेको कोभिड १९ रेसपोन्स एन्ड शोसियो रिकोभरी कार्यक्रम अन्र्तगत किसानको जीवन स्तर सुधारका लागि १२ लाख ७४ हजार बराबरको ४ सय ५५ वटा प्लाष्टिक टनेल वितरण गरिएको हो ।

धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङ, प्रमुख प्रशासकिय अधिकृत राम बहादुर थापा , योजना शाखा प्रमुख सिताराम गौतम, वातवरण शाखा प्रमुख उपेन्द्र पोखरेल र पर्डेप नेपाल धनकुटाका कार्यक्रम कोअर्डिनेटर मिन प्रसाद सुवेदिले किसानलाई टनेल वितरण गरेका थिए ।


