गरिवी निवारणका लागि सीप विकास तालिम शूरु
धनकुटा । धनकुटाको सहिदभुमि गाउँपालिकामा गरिवी निवारणका लागि सीप विकास तालिम शूरु भएको छ । गाउँपालिकाको गरिवी निवारण कार्यक्रम मेड्पा को आयोजनामा सो गाउँपालिकाको ३ नं वडामा तालिम सञ्चालन भईरहेको छ ।

तालिममा सहभागिताका लागि यसअघि उद्यमशिलता विकास तालिम लिएकाहरु मध्येबाट १ सय १० जना छनौटमा परेको तालिम सहजकर्ता आकृती राईले जानकारी दिनुभयो । जसमध्ये मेड्पाको तर्फबाट ९० र गाउँपालिकाको तर्फबाट २० जनालाई सहभागी गराईएको हो ।
तालिममा सिलाई कटाई, डोनट, दालमोट भुजिया वनाउने, क्रिष्टलको माला चुरा वनाउने,अचार वनाउने, हाते ओझेरी स्वेटर वुन्ने र विद्युत मर्मत को काम सिकाईने उहाँले वताउनुभयो । चालु आर्थिक वर्षको असार मसान्त सम्म सञ्चालन हुने यो तालिम लिईसके पछि पनि सहभागीहरुले आफ्नो व्यवहारमा सीप उतारे नउतारेको वारे तीन वर्ष सम्म फलोअप गरिने जनाईएको छ ।
शहिदभूमी गाउँपालिकाका प्रतिव्यक्ति आय ३८ हजार १ सय २९ भन्दा कम भएकाहरुलाई स्वरोजगार वनाउन र उनिहरुको आयआर्जन वृद्धी गर्ने लक्षका साथ यो तालिम दिईएको गाउँपालिकाले जनाएको छ । यही तालिम गाउँपालिको २ र ४ नं वडामा सञ्चालन गरिने जनाईएको छ ।
व्यवसायि योजना निर्माण सम्वन्धि तीन दिने तालिम
गाउँपालिका क्षेत्रका सहकारी संस्थाहरुलाई व्यवसायि योजना निर्माण सम्वन्धि तीन दिने तालिम प्रदान गरिएको छ । शहिदभूमी गाउँपालिकाको आयोजनामा भएको तालिममा गाउँपालिका भित्रका विभिन्न सहकारीका ३० जना प्रतिनीधिहरुले सहभागिता जनाएका थिए ।
तालिममा सहकारीको परिचय, अवधारणा,मूल्य मान्यता,सैद्धान्तिक तथा दार्शनिक विषय,व्यवस्थापन प्रणाली,व्यवसायको परिचय,तीन वर्षे व्यवसायि योजना तर्जुमा लगायतको विषयमा जानकारी गराईएको थियो ।
तालिमको सहजीकरण सहकारी प्रशिक्षण तथा डिभिजन कार्यलय सुनसरीका पूर्व निमित्त प्राचार्य योगराज धमला,जिल्ला वचत संघ सुनसरीका पूर्व अध्यक्ष रुपप्रसाद उप्रेतीले गरेका थिए । तालिम समापन गाउँपालिका अध्यक्ष मनोज राई को अध्यक्षतामा गरिएको थियो ।
सञ्चालन रोजगार संयोजक सिता पौडेलले गर्नुभएको थियो ।


