” पुर्वाञ्चल गट ट्यालेन्ट सिजन ४” को लागि आवेदन फाराम बन्द हुन अब मात्र ५ दिन बॉंकी
धनकुटा । टिन्ज कृउ डान्स सेन्टर र सरस्वती युवा क्लब धनकुटाको संयुक्त आयोजनामा हुन गइ रहेको गायन तथा नृत्य प्रतियोगिताको पुर्वाञ्चल गट ट्यालेन्ट सिजन ४ को लागि फाराम खुल्ला गरिसकेको छ ।
आयोजकका अनुसार फाराम भर्ने अन्तिम मिति अब ५ दिन मात्रै बॉंकी रहेकोले इच्छुक ब्यक्तिहरुले सम्बन्धित ब्यक्तिहरु संग सम्पर्क गरेर आवेदन दिन आग्रह गरिएको छ ।
प्रदेश न १ का सबै जिल्लामा संचालन हुने यो प्रतियोगिता बैशाख ४ गते बाट इलाममा पहिलो अडिसन भएर सुरु भएर बैशाख २५ गते धनकुटामा अडिसन गर्दै समापन हुने कार्यक्रम संयोजक सुमन योगीले जानकारी दिनु भयो ।
प्रतियोगिताको निर्णयकहरुमा बरिष्ठ एवम् चर्चित गायक प्रमोद खरेल,बुद्धिलिम्बु,बिनु शाक्य र सुमन योगी रहनु भएको छ । यस प्रतियोगितामा उत्कृष्ट हुनेले स्कुटर प्राप्त गर्नु हुने साथै दुबै विधाका प्रथम हुने प्रतियोगिहरुको ५ लाख बराबरको जीवन विमा समेत गरिने प्रतियोगिता संयोजक योगीले जानकारी दिनु भयो ।
अडिसन बैशाख ४ गते इलाम, बैशाख ६ गते झापा र उदयपुर , बैशाख ८ गते इटहरी, बैशाख ९ गते विराटनगर, बैशाख ११ गते तेह्रथुम, बैशाख ११ गते ताप्लेजुग, बैशाख १२ गते बसन्तपुर, बैशाख १४ गते संखुवासभा, बैशाख १५ गते चैनपुर, बैशाख १६ गते खोटाग २० गते ओखलढुगा र बैशाख २५ गते धनकुटामा अडिसन हुने भएको छ ।


