उपत्यकाव्यापी धिमेबाजा प्रतियोगिता शुरु

भक्तपुर, मध्यपुरथिमि नगरपालिकामा उपत्यकाव्यापी धिमे बाजा प्रतियोगिता शुरु भएको छ । ओेस्ला नेपालको आयोजना तथा मध्यपुरथिमि नगरपालिकाको सहयोगमा मध्यपुरथिमिको बालकुमारीमा भएको प्रतियोगिताको आज मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले उद्घाटन गर्नुभयो।

कार्यक्रममा उहाँले मध्यपुरथिमि नगरपालिकाले धिमे बाजा, मुस्या बाजा, बाँसुरी बाजालगायत ऐतिहासिक जात्रा पर्वका लागि अत्यावश्यक बाजाको संरक्षणमा नगरपालिकाले टेवा पु¥याउँदै आएको बताउनुभयो । मूर्त तथा अमूर्त कला, संस्कृतिको संरक्षण एवं विकासमा मध्यपुरथिमि नगरपालिकाले पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको चर्चा गर्दै उहाँले नयाँपुस्तालाई पनि कला, संस्कृति तथा बाजाको संरक्षणमा सहभागी गराउनुपर्नेमा जोड दिनुभयो ।

मध्यपुरथिमि नगरपालिकाले आफू आएपछि २५ वटा ऐतिहासिक पोखरीको संरक्षण गरेको, बिस्केट जात्राका लागि पोखरीमा पानी भरेको, मठ, मन्दिर पाटीलगायत पुनःनिर्माण एवं संरक्षण गरिएको बताउनुभयो । कला, संस्कृतिको संरक्षणमा मध्यपुरथिमि अगाडि रहेको चर्चा गर्दै उहाँले फोहर फाल्ने पाखो र ठाउँमा पार्कलगायत आकर्षक ठाउँ बनाउन सफल भएको भनाइ राख्नुभयो ।

नेवार समुदायको कला, संस्कृतिको महत्व बोकेको बिस्काः जात्रालाई प्रशासनले रोक्ने दुस्प्रयास गरेको भन्दै उहाँले आक्रोश व्यक्त गर्नुभयो । “नेवार समुदायको कला, संस्कृति र पहिचान बोकेको वर्षांैदेखि चल्दै आएको बिस्केट जात्रा रोक्न दुष्प्रयास सिडिओले गरेका छन्, जात्रा रोक्न कफ्र्यु लगाउने तयारीसमेत गरियो भन्ने सुनेको छु, हाम्रो जात्रा रोक्ने प्रयास भए त्यसको प्रतिवाद गरिन्छ”, नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “कफ््यु लगाए प्रतिवादमा अगाडि म आउँने छु, ढुक्क भएर भव्यरुपमा जात्रा मनाउनुस् ।”

मध्यपुरथिमि नगरपालिकाको रू दुई लाख ५० हजार आर्थिक सहयोगमा कूल रू चार लाखको लागतमा शुरु भएको प्रतियोगिता ३१ वटा खलः पुचःको सहभागिता रहेको आयोजक ओस्ला नेपालका अध्यक्ष राजेश श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुनेलाई रु १५ हजार, दोस्रो हुनेलाई रु १० हजार र तेस्रो हुनेलाई रु पाँच हजार नगद पुरस्कारसहित शिल्ड, पदक, प्रमाणपत्र प्रदान गरिने भएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।