दिर्घरोगी तथा अन्य विरामी गरि १ सय ९ जनालाई यातायात खर्च वितरण
धनकुटा,चैत ३० । सहिदभुमि गााउपालिकामा विपत तथा विपन्न आर्थिक साहायता कोष मार्फत गााउपालिकाले दिर्घरोगी तथा अन्य विरामी गरि अहिले सम्म जम्मा १ सय ९ जनालाई यातायात खर्च वितरण गरेको छ ।

गाउपालिकाले गााउपालिका भित्रका कुनै पनि नागरीक स्वस्थ्य सेवा बाट बचिन्त हुन नदिने उद्देश्य सहित स्वास्थ्य सम्बन्धि सचेतना बढाउनका लागि वित तथा विपन्न आर्थिक साहायता कोष मार्फत जनहि रु ५ हजारका दरले आर्थिक सहयोग वितरण गरिरहेको गाँउपालिकाले जानकारी दिएको छ ।
आर्थिक सहायता कोष कार्यविधि २०७५ निमार्ण गरी उक्त कार्यविधि बमोजिम २०७५ साल देखि चालु आर्थिक वर्ष सम्ममा गाँउपालिका भित्रका अतिविपन्न तथा दिर्घ रोगी र अन्य स्वास्थ्य समस्या भएका गरी १ सय ९ जनालाई आर्थिक सहयोग गरेको गाँउपालिकाका उपाध्यक्ष रत्नश्वरी राईले बताउनु भयो ।


