घर झ’गडा तथा घरेलु हिं’सा बढ्न थाले पछि उतपादन तथा विक्रि वितरणमा निषेध
धनकुटा । धनकुटाको छथरजोरपाटी गाउपालिका वडा नं २ तल्लो सल्लेमा अत्यधिक मदिरा जन्य पदार्थ जाड रक्सी सेवनका कारण घर झगडा तथा घरेलु हिंसा बढ्न थाले पछि मदिरा जन्य पदार्थ उतपादन तथा विक्रिवितरण कार्य निशेध गर्ने भएको छ ।
वडा नं २ तल्लो सल्लेका सुनुवार समुदायका १४ जना महिलाले टोलविकास समितिमा मदिरा जन्य पदार्थ उत्पादन तथा विक्रिवितरणमा रोक तथा निशेध गर्नु पर्ने उजुरी दर्ता गरेपछि बसेको टोलविकास समितिको बैठकले उत्पादन तथा विक्रिवितरण कार्य निशेध गर्ने निर्णय गरेको टोलविकास समितिका अध्यक्ष ज्ञानेन्द्र धितालले जानकारी दिनुभयो ।
दैनिक जसो घरझगडा श्रिमानले रक्सी पिएर श्रिमति तथा बाल बच्चा पिट्ने जस्ता घरेलु हिंसा बढ्न थाले पछि त्यहाँका १४ जना महिला दिदिबहिनीको टोलिले टोलविकास समक्ष न्याय माग्दै उजुरी दर्ता गरेका थिए ।
४५ जना महिला तथा स्थानिय समाजसेवि वुद्धिजिविहरु विच बसेको टोल विकास समितिको बैठकले गरेको निर्णय उलङघन गरेमा तल्लो सल्लेमा मदिरा जन्य पदार्थ जाड रक्सी उतपादन र बाहिर बाट ल्याएर बेच बिखन गरेको पाइएमा पनि महिलाले दर्ता गरेको उजुरी निवेदन र निर्णय बमोजिम नजिकैको प्रहरी कार्यलयमा पेश गरी कारबाहि गर्ने निर्णय भएको टोल विकास समितिका अध्यक्ष धितालले बताउनु भयो ।


