नवगायिका सुष्मा उत्कृष्ट पाँचमा
काठमाडौं । सर्लाहीकी सुष्मा सुनुवार स्टार वान इन्टरटेनमेन्टद्वारा आयोजित नेपाल म्युजिक एन्ड फेसन अवार्ड-२०२१ मा नवगायिका विधा अन्तर्गत उत्कृष्ट पाँचमा परेकी छन् । उनी सय जनामध्येबाट उत्कृष्ट पाँचमा छानेकी हुन् ।

सुनुवारलाई आयोजकले सोमबार नयाँ बानेश्वरस्थित रानी होटेलमा आयोजित एक कार्यक्रममा नवगायिका विधा तर्फको उत्कृष्ट पाँचमा परेको प्रमाणपत्र हस्तान्तरण गरेको थियो । सुनुवारले प्रमाणपत्र ग्रहण गर्दै नयाँ प्रतिभाहरुलाई यसरीनै उर्जाशिल बन्न प्रेरित गरेकोमा आयोजकलाई धन्यवाद दिइन् ।
सुनुवार ` जिन्दगीको एकै पल्मा ´ बोलको गीतबाट नवगायिकाको विधा अन्तर्गत उत्कृष्ट पाँचमा पर्न सफल भएकी हुन् । सुनुवारले आधा दर्जनभन्दा धेरै गीतहरूमा आवाज दिइसकेकी छिन् । आफै गीत रचना समेत गर्ने सुनुवारले उत्कृष्ट विधामा परेको गीत र ` अधुरो कथा मुटुको व्यथा बुझिदिने को छ र ´ को शब्द कोरेकी हुन् ।
सानैदेखि गीतसंगीत तथा साहित्यमा रुचि राख्ने नवगायिका सुनुवार स्कुलले जीवनमा समेत गीतसंगीत र साहित्यमा कलम चलाए बापत पुरस्कृतसमेत भइसकेकी छिन् । सांगीतिक क्षेत्रमा संघर्षरत सुनुवार हाल काठमाडौंलाई कर्मभूमि बनाउँदै आएकी छिन् ।
नेपाली गीतसंगीत र पहिरनलाई प्रोत्साहन गर्ने उदेश्यले अवार्डको आयोजना गर्न लागिएको आयोजकले जानकारी दिए । बैशाखको पहिलो साता सम्पन्न हुने आयोजनामा फेसन तर्फ यो कोरियोग्राफर, र्याम्प मोडल, पेजेन्ट मोडल, विज्ञापन मोडल, फेसन डिजाईनर, फेसन मेकअप, फेसन हेयर, इभेन्ट म्यानेजर, इभेन्ट म्यानेजमेन्ट कम्पनी, पेजेन्ट अर्गनाईजर, इभेन्ट कोअर्डिनेटर, इभेन्ट होस्ट, अन्तराष्टिय ब्युटिपेजेन्ट उपाधि विजेता, राष्ट्रिय व्युटिपेजेन्ट लगायतका उपाधि रहेको आयोजकको भनाइ छ ।


