नेपाल कम्युनिष्ट पार्टी (एमाले) धनकुटाको शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न
धनकुटा,३१ चैत । नेपाल कम्युनिष्ट पार्टी एमाले धनकुटाले नयाँ बर्ष २०७८ को शुभकामना आदान- प्रदान तथा नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

आज एक कार्यक्रम गर्दै एमालेले बधाई तथा सम्मान गरेको हो । बधाई तथा सम्मान कार्यक्रमा नेपाल कम्युनिष्ट पाटी एमाले धनकुटाका अध्यक्ष राजेन्द्र राई , प्रदेश सभा सदस्यहरु निरन राई, इन्द्रमणि पराजुली , जिल्ला समन्वय समिती धनकुटाका संयोजक टंक चौहान , पत्रकार महासंघका निवर्तमान अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठ लगायत पत्रकार र नेकपा एमालेका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ धनकुटाका नवनिर्वाचित अध्यक्ष नगेन्द्र राईले आफु धनकुटाको पत्रकारीताको विकासमा लागि रहने बताउँदै पत्रकार महासंघलाई महासंघको रुपमा विकास गर्दै लाने बताउँनु भयो । कार्यक्रमा बोल्दै नेकपा एमाले धनकुटाका राजेन्द्र राईले पत्रकारीताको बिकास र धनकुटाका पत्रकारहरुको क्षमता विकास लगायत क्षेत्रमा नेकपा एमालेले सधै सहयोग गर्ने बताउनु भयो ।


