पत्रकारलाई उद्योग बाणिज्य संघको बधाई
धनकुटा,३१ चैत । उद्योग बाणिज्य संघ धनकुटाले नेपाल पत्रकार महासंघ धनकुटाका जिल्ला प्रदेश र संघमा निर्वाचित भएका पदाधीकारी, सदस्य तथा प्रतिनिधीहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

उद्योग वाणिज्य संघमा एक कार्यक्रको आयोजना गर्दै सदस्य तथा पदाधीकारी लाई उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष बिजयसन्तोषी राई ,उपाध्यक्ष तारा तितुङ्ग, महासचिव रामबहादुर गोङ्गवा तामाङ्ग, कोषाध्यक्ष रुपेश श्रेष्ठ लगायतले टिका तथा खादा लगायर बधाई तथा सफल कार्यकालको सुभकामना दिनु भएको थियो ।
कार्यक्रममा बोल्दै उद्योग बाणिज्य संघ धनकुटाका अध्यक्ष बिजयसन्तोषी राईले पत्रकार महासंघको नयाँ समिती संग उद्योगि व्यावसायीहरुले सहकार्य गर्न चाहेको बताउदै पत्रकारहरुले समेत धनकुटाका उद्योगि व्यावसायी हरु लाई ठूलो साथ र सहयोग गरेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ धनकुटाका नवनिर्वाचित अध्यक्ष नगेन्द्र राईले उद्योगको विकास भए मात्र पत्रकारीताको समेत विकास हुने बताउनु भयो ।
कार्यक्रममा यातायत व्यावसायी संघ धनकुटाका अध्यक्ष दिनेश राई, फेन्सी व्यावसायी संघका अध्यक्ष घनेन्द्र न्यौपाने, घरेलु तथा साना उद्योग कार्यलय धनकुटाका प्रमुख दिनेश ढुङ्गगाना लगायतले नयाँ बर्षको शुभकामना सहित पत्रकार लाई बधाई दिनु भएको थियो साथै उद्योग बाणिज्य संघ धनकुटामा २४ बर्ष सम्मा कार्यलय सचिवको काम गरि बिदा हुनु भएको जयन्द्र प्रधान लाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष तारा तितुङ्गले राख्नु भएको थियो भने संचालन महासचिव रामबहादुर गोङ्गवा तामाङ्गले गर्नु भएको थियो


