राई बान्तवा भाषाको गीत “सोम्तुक आन्चो” सार्बजनिक
धनकुटा । भोजपुरको हतुवागढी गाउंपालिका-६(साविक होम्तॉंग-१) मा जन्मघर भइ हाल पढाइको शिलसिलामा जापानमा रहेका साहित्यकार म्यामराज खिम्दुंग राईको शब्द रहेको राई बान्तवा भाषाको गीत’सोम्तुक आन्चो’ युट्युब मार्फत सार्बजनिक गरिएको छ ।
राईका थुप्रै साहित्यिक रचनाहरु प्रकाशित छन् भने हाल प्रवासमा रहेर पनि निरन्तर साहित्यमा कलम चलाई रहेका छन् भने साहित्यिक अनलाइन पत्रिका गामबेसी डटकम का प्रकाशक तथा सम्पादक पनि हुन् ।
राईको यो गीतको प्रोड्युसर अन्जना राई रहेका छन् । गीतको संगीत तथा गायक मनोज सॉंग्सोन राई रहेका छन् भने क्यामेरा अनि सम्पादन राज बान्तवाको रहेको छ ।


