छेङखामा राजा-रानी उधौली-उभौली मेला तथा भलिबल प्रतियोगिता आयोजना
धनकुटा । पाख्रिबास नगरपालिका वडा नं ९ मजुवामा धार्मिक पर्यकिय स्थलको विकास तथा संरक्षण प्रवद्धनका लागि नयाँ वर्ष २०७८ सालको अवसरमा छेङखामा राजा रानी उधौली-उभौली मेला तथा भलिबल प्रतियोगिता आयोजना गरिएको छ ।

वडा नं ९ मजुवामा रहेको छेङखामा राजा ,रानीदेवीको पूजा तथा प्रिति झर्ना र तीनतले वनभाक्री गुफा संरक्षण प्रवद्धन गरी पर्यटकीय स्थलको रुपमा विकास गर्नका लागि यहाँको स्थानियको अगुवाइमा अयोजना गरिएको मेला तथा भलिबल प्रतियोगिताको संयोजक फर्स बहादुर राईको अध्यक्षता तथा पाख्रिबास नगरपालिकाको मेयर वृर्ष बहादुर राईको प्रमुख आतिथ्यमा सञ्चालन भएको थियो । भलिबल प्रतियोगितामा चुङमाङ भलिबल टिम ए र चुङमाङ भलिबल टिम बि बिच भएको लिग चरणको दुइ सेटमा खेलाइको फाइनल खेलमा चुङमाङ भलिबल टिम ए ले पहिलो सेटमा ११–२५,दोस्रो सेटमा १५–२५ अन्तरले बिजयी भएको छ ।

बिजयी प्रथम समुह चुङमाङ भलिबल टिम ए ले नगद रु ५ हजार र दोस्रो भएका चुङमाङ भलिबल टिम बि ले नगद ३ हजार पुरस्कार प्राप्त गरेको छ । त्यस्तै गरी सान्तावना २ हजार पुरस्कार आयोजक टिम ए ले पाउन सफल भएको छ । मेलामा वडा नं ९ का वडा अध्यक्ष चन्द्रलाल तामाङ, वडासदस्यहरु सम्झना आले,राम बहादुर लुङगेली ,वडा नं ३ का वडा सदस्य सरोज राई र महेन्द्र राइको विशेष अतिथि रहनुभएको थियो भने वडा नं का समाजसेवि तथा सहकारी अभियान्ता खेम राज घिसिङ यूवा कृषक तथा व्यवसायि सुक्र बहादुर राई , समाजसेजि सुरेश तुम्बा लगायत मेला भर्न आएका स्थानियहरुको उपस्थिति रहेको थियो ।
मेला भर्न आएका मानिसहरुले छेङखामा राजा रानीको दर्शन , भलिबल प्रतियोगिता तथा प्रिति झर्ना र तिन तले वनझाक्रि गुफा र कुब्याटङमा घुमेर रमाइलो तथा मनोरञ्जन गरेका थिए ।

कार्यक्रको सञचालन कुल बहादुर थापाले गर्नु भएको थियो । भलिबल प्रतियोगिताकाको पुरस्कार प्रमुख अतिथि तथा विशेष अतिथिहरुले प्रदान गर्नु भएको थियो । यस वडामा वसोवास गर्ने राइहरुको देवता छेङखामा राजा र रानीदेवीको दर्शन नजिके रहेको कुब्याटङ मुहानमा पानी उम्रिने ठाँउमा नुहाएमा छाला तथा कपाल समबन्धि रोग निको हुने जनविश्वास रहेको स्थानिय सुरेश तुम्बाले बताउनु भयो ।
यस वर्ष देखि प्रत्येक वर्ष धार्मिक, सास्कृतिक तथा पर्यटकीय स्थलको द्दृष्टिले महत्वपूर्ण यस्ता स्थलहरु सडक पूर्वाधारको र प्रचारप्रसारको अभावका कारण ओझेलमा परेको भन्दै तुम्बाले यसको विकासका लागि मेला लगाउन सुरुवात गरेको बताउनु भयो ।


