पुर्वाञ्चल गट ट्यालेन्ट सिजन ४ को अडिसन भोली बाट

धनकुटा, ३ बैशाख । टिन्ज कृउ डान्स सेन्टर र सरस्वती युवा क्लब धनकुटाको संयुक्त आयोजनामा हुन गइ रहेको गायन तथा नृत्य प्रतियोगिताको पुर्वाञ्चल गट ट्यालेन्ट सिजन ४ को को अडिसन भोली बैशाख ४ गते बाट सुरु हुने भएको छ ।

प्रदेश न १ का सोलुखुम्बु र पाँचथर बाहेकका जिल्लामा संचालन हुने यो प्रतियोगिता भोली बैशाख ४ गते बाट इलाममा पहिलो अडिसन भएर सुरु भएर बैशाख २५ गते धनकुटामा अडिसन गर्दै समापन हुने कार्यक्रम संयोजक सुमन योगीले जानकारी दिनु भयो ।

प्रतियोगिताको निर्णयकहरुमा बरिष्ठ एवम् चर्चित गायक प्रमोद खरेल,बुद्धिलिम्बु,बिनु शाक्य र सुमन योगी रहनु भएको छ । यस प्रतियोगितामा उत्कृष्ट हुनेले स्कुटर प्राप्त गर्नु हुने साथै दुबै विधाका प्रथम हुने प्रतियोगिहरुको ५ लाख बराबरको जीवन विमा समेत गरिने प्रतियोगिता संयोजक योगीले जानकारी दिनु भयो ।

अडिसन बैशाख ४ गते इलाम, बैशाख ६ गते झापा र उदयपुर , बैशाख ८ गते सुनसरीको इटहरी, बैशाख ९ गते मोरगको विराटनगर, बैशाख ११ गते तेह्रथुम, बैशाख ११ गते ताप्लेजुग, बैशाख १२ गते बसन्तपुर, बैशाख १४ गते संखुवासभा, बैशाख १५ गते चैनपुर, बैशाख १६ गते खोटाग २० गते ओखलढुगा र बैशाख २५ गते धनकुटामा अडिसन हुने भएको छ ।

अडिसन नहुने जिल्लाहरु बाट अनलाईन अडिसन दिन समेत सकिने कार्यक्रम संयोजक सुमन योगीले जानकारी दिनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।