किसानलाई राहत उपलब्ध गराउन एमाले धनकुटाको माग
धनकुटा,४ बेशाख । नेपाल कम्युनिष्ट पाटी एमाले धनकुटाले विहिबार आएको असिना पानीका कारण तरकारी बाली तथा फलफुल भएको क्ष’ति बेहोरोकोमा धनकुटाको महालक्ष्मी नगरपालिका र छथरजोरपाटी गाउँपालिका सहित जिल्लाका अन्य क्षेत्रका किसान लाई राहत उपलब्ध गराउन माग गरेको छ ।

आज विज्ञप्ती जारी गर्दै जिल्ला अध्यक्ष राजेन्द्र राईले क्ष’तिको मुल्याकन गरि क्ष’तिपूर्तिका लागि संघिय सरकार, प्रदेश सरकार र स्थानिय सरकार संग माग गर्नु भएको हो साथै किसान लाई परेको यस दु खद घडीमा पाटीका सम्पुर्ण नेता कार्य कर्ता सबै लाई आफनो आफनो ठाउँ बाट सहयोगमा जुटन अपिल समेत गरेको छ ।



