धनकुटामा क’रेन्ट लाग्दा १ को मृ,त्यू,अन्य ९ घाइते
धनकुटा,४ बैशाख । धनकुटाको महालक्ष्मी नगरपालिकाको चानुवा स्थित भूतडाँडामा मोवाइल चार्ज गर्ने क्रममा क’रेन्ट लागेर एकजनाको मृ’त्यू भएको छ ।
मृ’त्यू हुने महालक्ष्मी नगरपालिकाको चानुवा स्थित भूतडाँडाका चन्द्रबहादुर कार्कि रहेका छन् । सोहि गाउँका अन्य नौ जना करेन्ट लागेर घा’इते भएका छन् ।
घा\इते मध्ये ग’म्भीर अवस्थाका चारजनालाई उपचारका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । हावाहुरीका कारण हिजो देखिनै चानुवामा बिद्युत् अबरुद्ध थियो ।
आज बिहान ११ बजे बिजुली आएपछि मोवाइल चार्ज गर्न खोज्दा उनिहरुलाई क\रेन्ट लागेको धनकुटाका प्रहरी उपरिक्षक गोविन्द अधिकारीले जानकारी दिए ।
यो पनि…
घरेलु तथा साना उद्योग महासङ्घको महाअधिवेशन जेठमा
काठमाडौँ, ४ वैशाख (रासस) ः नेपाल घरेलु तथा साना उद्योग महासङ्घको २५औँ राष्ट्रिय महाअधिवेशन आगामी जेठ २४, २५ र २६ गते राजधानीमा हुने भएको छ ।
महासङ्घको आज यहाँ भएको केन्द्रीय कार्यसमितिको ११औँ बैठकले महाधिवेशनको मिति टुङ्गो लगाउनाका साथै २२औँ महिला उद्यमी सम्मेलन पनि सोही अवसरमा आयोजना गर्ने निर्णय गरेको महासङ्घका महासचिव डम्बरप्रसाद रेग्मीले बताउनुभयो ।
बैठकले नेपाल नवीकरणीय ऊर्जा परिसङ्घसँग एकीकरण गर्ने प्रक्रियालाई पनि अगाडि बढाएको छ । परिसङ्घ नेपालमा नवीकरण ऊर्जा प्रविधि विकासमा क्रियाशील निजी क्षेत्रका कम्पनीहरूको छाता सङ्गठन हो ।
यसैबीच, नेपाल उद्योग वाणिज्य महासङ्घले पूर्वअध्यक्ष रविभक्त श्रेष्ठको संयोजकत्वमा चार सदस्यीय अनुशासन समिति गठन गरिएको जनाएको छ । समितिको उपसंयोजकमा अर्का पूर्वअध्यक्ष कुशकुमार जोशीलाई मनोनयन गरिएको महासङ्घले आज एक विज्ञप्तिमार्फत बताएको छ ।


