किसानलाई राहत उपलब्ध गराउन नेपाली कांग्रेस धनकुटाको माग
धनकुटा, ४ बेशाख । नेपाली कांग्रेस धनकुटाले विहिबार आएको असिना पानीका कारण तरकारी बालि तथा फलफुल भएको क्षेति बेहोरेका धनकुटाको महालक्ष्मी नगरपालिका र छथरजोरपाटी गाउँपालिका सहित जिल्लाका अन्य क्षेत्रका किसान लाई राहत उपलब्ध गराउन माग गरेको छ ।
आज विज्ञप्ती जारी गर्दै नेपाली कांग्रेस धनकुटाका सचिव विजयसन्तोषी राईले क्षेतिको मुल्याकन गरि क्षेतिपुर्तिका लागि संघिय सरकार, प्रदेश सरकार र स्थानिय सरकार संग माग गर्नु भएको हो ।
साथै किसान लाई वितिय संस्थाको किस्ता तथा व्याजमा छुटको व्यावस्था मिलाउनको साथै सबै किसान लाई निशुल्क रुपमा गुणस्तरीय बिउँ विजन तथा मल उपलब्ध गराउन समेत माग गरेको छ ।
त्यस्तै किसान लाई परेको यस समस्यामा पाटीका सम्पुर्ण नेता कार्य कर्ता सबै लाई आफनो आफनो ठाउँ बाट सहयोगमा जुट्न समेत कांग्रेसले अपिल गरेको छ ।



