क्षतिको बिवरण पेश गर्न किसानलाई आव्हान
नारायण कुमार राई।धनकुटा, ५ बैसाख । असिनाबाट भएको क्षतिको बिवरण पेश गर्न छथर जोरपाटी गाउँपालिकाले किसानहरुलाई सूचना जारी गरेको छ ।

पालिकाको कृषि शाखाले ५ दिनको समय सिमा राखेर शोमबार भित्रमा बिवरण बुझाउन सूचित गरिएको शाखाका प्रमुख मिलन कार्कीले जानकारी दिनुभयो ।
हाल सम्म वडा नं.६ मजुवा,नाम्जाङ,वडा नं.२ सल्ले,वडा नं. १ हात्तिखकको पिङडाँडा,फलाँटे क्षेत्रमा गरिएको सर्भेक्षण गरिएको छ ।
प्रारम्भिक सर्भेक्षण अनुसार हाल सम्म १५ करोड बरावरको तरकारी बालीको क्षति भएको बिवरण प्राप्त भएको पालिका कृषि तथा भेटेनरी शाखाले जानकारी दिएको छ ।
संकलन भएका बिवरणहरु पालिकाको आर्थिक समितिमा पेश गरिने भेटेरेनरी शाखाका प्रमुख राजकुमार राईले जानकारी दिनुभयो ।


