कांग्रेस पाख्रीवास नगरपालिका वडा नं ३ को वडा कार्यलयको उद्घाटन
वैशाख ५, धनकुटा । नेपाली कांग्रेस पाख्रीवास नगरपालिका वडा नं ३ को वडा कार्यलय आज उद्घाटन गरिएको छ ।

पार्टीका जिल्ला उपसभापति नविन किशोर शाक्यको प्रमुख आतिथ्य तथा पार्टीका वडा सभापति चन्द्र लिम्वुको अध्यक्षतामा भएको एक कार्यक्रमको वीच वडा कार्यलयको उद्घाटन गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा पार्टीका जिल्ला उपसभापति शाक्यले व्यानर वाचन गरेर कार्यलयको उद्घाटन गर्नुभएको थियो । सोही अवसरमा नेपाल कम्युनिष्ट पार्टी नेकपा एमाले सहित वभिन्न पार्टी परित्याग गर्दै १५ जना नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस वाख्रीवास ३ नं वडा कमिटीले जनाएको छ ।
उनिहरुलाई कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरुले पार्टीमा स्वागत गरेका थिए । कार्यक्रममा पार्टीका जिल्ला सचिव कृष्ण वहादुर थापा,सदस्य ज्ञान गुरुङ,पाख्रीवास नगर समितिका सभापति प्रेम भण्डारी,तरुणदल क्षेत्रीय सभापति तिलक वहादुर महत लगायतको उपस्थिती थियो ।


