अन्तरपार्टी महिला सञ्जाल धनकुटाद्वारा सम्मान साथ अन्र्तक्रिया कार्यक्रम
धनकुटा ।अन्तरपार्टी महिला सञ्जाल धनकुटाले आज धनकुटामा सम्मान कार्यक्रमका साथ अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रममा सहभागी महिला नेताहरुले संविधानको पूर्ण कार्यन्वयन गरी महिला मुक्तिका लागी आवाश्यक परे आन्दोलन गर्ने वताउनु भयो ।
उक्त कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तमांगले संविधानको पूर्ण रुपमा कार्यन्वयन भए पछि महिलाहरुको माग पुरा हुने वताउनु भयो ।
कार्यक्रममा नेकपा एमाले धनकुटाका मन कुमारी तितुग,नेपाली कांग्रेस धनकुटाका दिनेश राई,धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,जिल्ला प्रशासन कार्यालय धनकुटा सिता सुवदी ,सशस्त्र प्रहरी बल ६ नम्वर गुल्म छिन्ताङ्ग धनकुटाका निरिक्षक विश्वनाथ पोखरेल लगायतले सवैभन्दा पहिला सवै महिलाहरुको क्षमता विकास संर्गै आर्थिक समृद्धी गर्नु पर्नेमा जोड दिदै राज्यको हरेक निकायमा महिलाहरुको अर्थपूर्ण सहभागीता गराउनु पर्ने वताउनु भयो । उहाहरुले संविधानको पूर्ण कार्यन्वयनसंर्गै महिलाहरुको माग पुरा हुने समेत वताउनु भयो ।
अन्तरपाटी महिला सञ्जाल धनकुटाका अध्यक्ष पार्वती राईको अध्यक्षतमा भएको कार्यक्रममा महिला आन्दोलनमा हाम्रो योगदान र भावी योजना विषयमा कार्यपत्र सञ्जालकी सचिव सुमना तिम्सिनाले प्रस्तुत गर्नु भएको थियो भने स्वागत मन्तव्य कोषाध्यक्ष सुष्मा किरातीले गर्नु भएको र कार्यक्रको उदेश्यमाथि पूर्व अध्यक्ष टिका भण्डारीले गर्नु भएको थियो । धन्यवाद ज्ञापन पूर्व अध्यक्ष सर्मिला राईले गर्नु भएको थियो ।
कार्यक्रममा सहिद भीम नारायण श्रेष्ठकी धर्मपत्नी लक्ष्मी देवी श्रेष्ठ, र मलिहा योद्धा रतना राईलाई अन्तरपार्टी महिला सञ्जाल धनकुटाको तर्फबाट सम्मान गरिएको थियो भने कार्यक्रममा प्रमुख अथिति,अथिति,सम्मानीत व्यक्तित्वहरुलाई सञ्जालकी अध्यक्ष पार्वती राई र सदस्य अम्विका धमलाले खादा ओढाएर स्वागत तथा सम्मान गर्नु भएको थियो ।
कार्यक्रमको संचालन सचिव सुमना तिम्सिनाले गर्नु भएको थियो ।सहभागीहरु सर्मिला राई,संगिता चापागाई,धनकुटा लेडिजेसिजका अध्यक्ष विसिका श्रेष्ठ,सर कुमारी आठपहरिया लगायतले समेत महिलाहरुको अर्थ पूर्ण सहभागीतामा जोड दिदै महिला मुक्तिका लागी फेरी आन्दोलन गर्नु पर्नेमा जोड दिुन भएको थियो ।


