धनकुटाको एक होटलमा झु’ण्डिएको अवस्थामा एक महिलाको शव फेला

धनकुटा । धनकुटाको एक होटलमा सलले पा सो लगाई झु’ण्डिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।

धनकुटा नगरपालिका ६ स्थितको महालक्ष्मी होटलको एक कोठामा भोजपुर तिवारी भञ्ज्याङ १ की ४० वर्षकी कमला मगरको शव झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।

प्यारालाईसिस रोगको समस्याले पीडित उनि उपचारको शिलशिलामा धनकुटा आई विगत १० ११ दिनदेखी सोही होटलको कोठा नं १०३ मा वस्दै आएको खुलेको जिल्ला प्रहरी कार्यलय धनकुटाका एसपी गोविन्द अधिकारीले जानकारी दिनुभयो ।

मामाको छोरीलाई साथि लिएर आएकी उनले कोशी अञ्चल आयुर्वेदिक औषधालय धनकुटामा थेरापी गराउदै आएको पाईएको उहाँले वताउनुभयो । ४ दिन अघि कमलाको श्रीमान पनि विदेशबाट फर्केर सोही होटलमा सँगै वसेका थिए ।

आफन्त खाना खान तल झरेको समयमा उनले कोठाको झ्यालमा सलको पासो लगाई शनिवार राती आ त्म हत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । आफन्त खाना खाएर कोठामा जाँदा चुकुल लगाको पाईएपछि ढोका फोडेर हुर्दा झु ण्डिएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

लामो समयदेखी प्यारालाईसिसको समस्याबाट पीडित उनले जति उपचार गर्दापनि भएन मर्नु पर्छ की के हो भनि आफन्त सँग कुरा समेत गरेको उनको आफन्तले वताएको एसपी अधिकारीले जानकारी दिनुभयो । मृ त शव को आज जिल्ला अस्पतालमा पोष्मार्टम गरिएको प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖