महाकाली माबिका छात्रले पाए ५० हजारको छात्रवृति

नारायण कुमार राई/छथर जोरपाटी धनकुटा, ७ बैसाख । बिज्ञान बिषयमा आकर्षण बढाउन छथर जोरपाटी गाउँपालिकाले शुरु गरेको यो बर्षको छात्रबृती अनुदान पालिकाको महाकाली मा.बि.ताम्लिङ्गका एक छात्रले पाएका छन् ।

छथर जोरपाटी गाउँपालिकाले सामुदायिक बिद्यालयमा अध्ययन गर्ने बिद्याथीरुमा अभिरुची जगाउन यो बर्षबाट उक्त संकायमा उच्च मा.बि.तहमा अध्ययन गर्ने बिद्यार्थीहरुलाई छात्रबृती अनुदान कार्यक्रम शुरु गरेको थियो ।

छात्रबृती पाउनेमा ०७६ सालमा एस.ई.ई.पास गरी हाल धनकुटा नगरपालिकाको गोकुण्डेश्वर मा.बि.मा कक्षा ११ मा अध्ययनरत वडा नं. ५ का .सुदिप लिम्बू रहेकाछन् ।
पालिकाले माघ १९ गते प्रकाशित सूचनाका आधारमा यो बर्ष पालिकाका १० मा.बि.बिद्यालयबाट उनको मात्र दरखास्त परेको थियो ।

छात्रबृती छनौट ब्यबस्थापन तथा कार्यबिधी २०७६ अनुसार लिम्बूलाई नगद ५० हजार उपलब्ध गराउने पालिकाले निर्णय गरेको छ ।

समितिका संयोजक तथा पालिका अध्यक्ष शेरबहादुर लिम्बूको अध्यक्षतामा आईतबार बसेको बैठकले तोकीएको रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

कक्षा १२ का लागि भने कक्षा ११ को मुल्यांकङ्कनको आधारमा रकम अनुदान दिईने समितिका सदस्य सचिव तथा शिक्षा शाखा प्रमुख निर्मला सुवेदीले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।