कर शिक्षा कार्यक्रम सम्पन्न

वैशाख ७,धनकुटा । धनकुटा उद्योग बाणिज्य संघको आयोजना तथा धनकुटा नगरपालिका र करदाता सेवा कार्यालय धनकुटाको सहयोगमा आज धनकुटाको व्यापारिक केन्द्र हिलेमा कर शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

कर शिक्षा कार्यक्रमको उद्घाटन गर्द ैधनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले कर व्यावसायी मैत्री हुनु पर्नेमा जोड दिनुभयो ।

उहाँले व्यापारी तथा व्यासायहरुका लगि कर शिक्षा आवाश्यक रहेकोले कार्यक्रम सञ्चालन गरिएको समेत स्पष्ट पार्नु भयो ।

कार्यक्रममा वोल्दै संघका पूर्व अध्यक्ष लालचन्द्र गोङ्वा तामाङ्ग,करदाता सेवा कार्यालय धनकुटाका प्रमुख प्रदिप कटेल, संघका उपाध्यक्ष द्धय खगेन्द्र विष्ट,कृष्णराज श्रेष्ठ,महासचिव राम वहादुर गोङ्वा लगायतले कर शिक्षा सान्र्दभिक भएको वताएका थिए ।

धनकुटा हिलेका उद्योगी,व्यावसायी तथा व्यापारीहरुले सहभागिता जनाएको कार्यक्रमा करदाता सेवा कार्यालय धनकुटाका प्रमुख प्रदिव कटेल र नायव सुब्बा मनिषा दाहालले प्यान,भ्याट र अन्त शूल्कको वारेमा प्रशिक्षण दिएका थिए । कार्यक्रमको सञ्चालन गोङ्वाले गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।