भूमि सम्बन्धी समस्या समाधान आयोग र सरोकारवाला वीच अभिमूखिकरण कार्यक्रम

वैशाख ८,धनकुटा धनकुटाको सहिदभुमि गाँउपालिकामा भूमि सम्बन्धी समस्या समाधान आयोग र सरोकारवाला वीच अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

सहिदभुमि गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा भूमिहिन दलित,भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासको पहिचान र प्रमाणीकरणको आधार र माप दण्ड २०७७ , आयोगको उद्देश्य, आयोगको जिम्मेवारी, लगत संकलन सम्बन्धि कार्यबिधि २०७७ र संबिधानको मौलिक हक,निर्देशन,सिद्धान्त नीतिको विषयमा अन्तरक्रिया तथा छलफल गरिएको छ ।

त्यस्तै आयोग सँग जोडिएर बाँझिएको वन जंगल संग सम्बन्धित कनुन, वनलाई दिइएको अधिकार र वन ऐनको विषयमा पनि छलफल भएको थियो ।

गाउँपालिका अध्यक्ष मनोज राईको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति धनकुटाका प्रमुख टंक चौहानले यस आयोगले जोखिम पूर्ण अव्यवस्थित बसोबासका कारण बाढी पहिरो , भुकम्प जस्ता प्राकृतिक विपत्तिका कारण देशमा हुने ठूलो क्षतिको समस्या समाधान गर्नमा सहयोग पु¥याउने बताउनु भयो ।

कार्यक्रममा वोल्दै गाँउपालिका अध्यक्ष राइले सहिदभूमि गााउपालिकामा भूमिहीन तथा अव्यवस्थित बसोबासको लगत संकलन सात दिन भित्र संकल गरिसक्ने जानकारी दिनुभयो ।

प्रारम्भिक तथ्याङ्क अनुसार गाँउपालिकामा २ सय ५० भूमीहिन सुकम्वासी रहेको बताउनु भयो । कार्यक्रमको सहजिकरण भूमिआयोगका अध्यक्ष नैना रुचाल , आयोगका विज्ञ सदस्य सावित्रा वान्तवा , आयोगका सदस्य सचिव सुर्य भण्डारी र जिल्ला वन कार्यलयका प्रमुख मेगराज राई र फेको फोनका अध्यक्ष निल बहादुर थपाले गरेका थिए ।

स्वागत मन्तव्य गाँउपालिका उपाध्यक्ष रत्नश्वरी राईले राख्नु भएको थियो भने प्रमुख प्रशासकिय अधिकृत राजकुमार शाक्यले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा वडाध्यक्ष,कार्यपालिका सदस्य ,वडा सदस्य तथा सचिव, राजनीतिक दलका प्रमुख सहित विभिन्न संघ संस्थाका प्रतिनीधिको उपस्थिती थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।