१७ सदस्यीय वडा कमिटी गठन
वैशाख ८,धनकुटा । अखिल नेपाल महिला संघ गाउं कमिटि सहिदभुमिको आयोजनामा वडा नं ४ खोकुमा १७ सदस्यीय वडा कमिटी गठन गरिएको छ ।

अ .ने .म संघ धनकुटाका सह-सचिव साबित्रा राईको प्रमुख आतिथ्यमा सम्पन्न एक कार्यक्रमका बिच बसन्त राइको अध्यक्षतामा १७ सदस्य वडा कमिटी गठन गरिएको हो ।
नब गठित वडा कमिटीको अध्यक्ष बसन्त राई,उपाध्यक्ष शान्त कार्की,सचिव अनुष्का राई,सह-सचिव विनीता याख्या र कोषध्यक्ष रुपा राई रहेकाछन्।
त्यस्तै गरि सदस्यहरुमा अमृता राई,नितु लिम्बु, हेमकुमारी राई ,जीवन कुमारी ,फुलमाया राई,सिमा राई,निशान माया राई,जुना राई,छत्र कुमारी राई र विकल राई रहेकाछन् ।
अनेम संघ गाँउकमिटी इन्र्चाज तथा गाँउपालिका उपाध्यक्ष रत्नश्वरी राई, गाँउ कमिटी अध्यक्ष मनकुमारी राई, वडा सदस्य लाल बहादुर राई , वडा महिला सदस्य रेखा राई र वडा प्राविधिक राम प्रसाद राई लगायतको उपस्थिति थियो ।


