विद्यार्थीको भौतिक पठनपाठन नहुने
धनकुटा, ८ बैशाख । धनकुटा नगरपालिका भित्र भोली बाट बैशाख १७ गते सम्म विद्यार्थीको भौतिक उपस्थितीमा पठन-पाठन नहुने भएको छ ।
धनकुटा नगरपालिका संकट व्यवस्थापन समितीको आज बसेको बैठकले कोरोना संक्रमण दर बढ्ने भन्दै भोलीबाट भर्चुअल वा बैकल्पीक सिकाई विधीको उपयोग गरी शौक्षिक गतिविधी संचालन गर्ने शौक्षिक संस्था तथा विद्यालयहरुलाई अनुरोध गरेको छ ।
साथै धनकुटा नगरवासीहरुले डिसिसिएमसीले गरेका निर्णयको पूर्ण पालना गर्न समेत आग्रह गरेको छ ।



