धनकुटाको सांगुरीगढीमा वस दु’र्घटना
शर्मिला राई, धनकुटा । धनकुटाको सागुरीगढी ६ चार खोले गोलाइमा आज दिउसो वस दू र्घटना भएको छ ।
माेरङ विराटनगरबाट धनकुटाको जितपुर तर्फ आउंदै गरेको को १ ख ७७७९ नं वस दुर्घटना हुँदा ७ जना यात्रु घाईते भएका छन् । बसमा ३५ यात्रु सवार थिए ।
घाईते हुनेहरुमा माेरङ विराटनगर २ कि वर्ष २५ कि सरस्वती श्रेष्ठ,सुनसरी रामधुनि ३ का २८ वर्ष गोविन्द चौधरी,धनकुटा महालक्ष्मि नगरपालिका ७ का वर्ष ६९ का वीर वहादुर श्रेष्ठ,सोही स्थानका वर्ष ४५ की रुद्र कुमारी श्रेष्ठ,वर्ष ५५ कि शान्ति देवि भट्टराई,वर्ष ६० का गाेविन्द भण्डारी र वडा नं ९ कि ईन्दिरा काफ्ले रहेको जिल्ला प्रहरी कार्यलय धनकुटाका एसपि गोविन्द अधिकारीले जानकारी दिनुभयो ।
घाईतेहरुको हात र अनुहारमा चो’ट लागेको उहाँले वताउनु भयो । उनिहरु सबैलाई उपचारका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको उहाले वताउनु भयो ।
वस अचानक ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दूर्घटना पछि वसका चालक छथर जोरपाटी गाउपालिका ५ का पूर्ण वहादुर लिम्वु प्रहरीको नियन्त्रणमा रहेको एसपि अधिकारीले जानकारी दिनुभयो ।


