‘पातै फरर’

काठमाडौँ, ११ वैशाख (रासस) ः गीतकार माधव केसीले सङ्कलन गर्नुभएका गीत ‘पातै फरर’ नामक गीति सङ्ग्रह आजदेखि बजारमा आएको छ । उहाँले विसं २०४० देखि अहिलेसम्म सङ्कलन गर्नुभएका लोक तथा आधुनिक गरी ८० गीत उक्त सङ्ग्रहभित्र समावेश गर्नुभएको छ ।

यहाँ आज आयोजित कार्यक्रममा वरिष्ठ गीतकार अम्वर वान्तवाले उक्त सङ्ग्रहको विमोचन गर्दै गीत तथा साहित्यको क्षेत्रले मुलुकको संस्कृतिको संरक्षण गरी सामाजिक रुपान्तरणमा योगदान गर्न सक्ने बताउनुभयो । सङ्गीतकारद्वय सन्तोष श्रेष्ठ र कन्हैया सिंहले विभिन्न जाति तथा समुदायले सजिएको समाजमा लोक संस्कृतिले उनीहरुलाई एकताबद्ध गर्न भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

गीतकार केसीले विसं २०४० मा आफूले रचना गरेका दुई गीत लोक गायक हरिबहादुर राउतले स्वराङ्कन गरी रेडियो नेपालमा रेकर्ड गराउनुभएको जानकारी दिँदै तत्कालीन समयमा रेकर्ड गरिएका ती गीत अहिले पनि लोकप्रिय रहेको बताउनुभयो ।

‘‘मायाँ पानी खाने कल्धारा कल्को
रात दिनै तिमिकै झझल्को
नरोउ मायाँ सम्झेर मलाई, धुरुधुरु मधेनी रातैमा’’ र
‘‘चार कुने चौतारीमा तिमी पिपल मै वर
कहिले होला पातै फरर’’
करिब चार दशक अगाडि रचना गरिएका यी दुई गीतलाई हालै गायक अशोक बराल र शोनिका केसीले गाउनुभएको छ भने यसको गीति भिडियोसमेत सार्वजनिक गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।