पुर्वाञ्चल गट ट्यालेन्ट सिजन ४ को संखुवासभा अडिसन सम्पन्न
धनकुटा । टिन्ज कृउ डान्स सेन्टर र सरस्वती युवा क्लब धनकुटाको संयुक्त आयोजनामा भईरहेको रहेको गायन तथा नृत्य प्रतियोगिताको पुर्वाञ्चल गट ट्यालेन्ट सिजन ४ को संखुवासभा अडिसन खॉंदबारीमा सम्पन्न भएको छ ।

अडिसनमा ७ जना दोसो चरणमा प्रबेश गरेको कार्यक्रम आयोजकले जानकारी दिएको छ ।
कार्यक्रम संयोजक खेवाहॉंग मेवाहॉंग(नागरिक चासो) र निर्णायकहरुमा उमेश मेवाहॉंग,रामचन्द्र मेवाहॉंग,सोनियल साम्पॉंग र आशा अस्मी बान्तवा रहनु भएको थियो ।
कार्यक्रमको छायॉंकन ‘यात्री ब्रोज'(Yatri Bros) ले गरिरहेको छ भने कार्यक्रमलाई ‘चासुंग'(Chasung) युट्युब च्यानल मार्फत दर्शक,श्रोताहरुले हेर्न पाउनेछन् ।


