बर्दियामा बा,घको आ,क्रमणबाट एक महिलाको ज्यान गयो

बर्दिया, बर्दियामा पाटेबाघको आक्रमणमा परी एक महिलाको ज्यान गएको छ । जिल्लाको मधुवन नगरपालिका–५ बस्ने नन्दकला थापा क्षेत्रीको पाटेबाघको आक्रमणमा परी ज्यान गएको हो ।

बेल्झुण्डी सामुदायिक वनमा निगुरो टिप्ने क्रममा ६६ वर्षीया उहाँलाई पाटेबाघले आक्रमण गरेर जङ्गलभित्र लगेको थियो ।

खोजी गर्दा मृतावस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वरी कार्कीले बताउनुभयो ।

यो पनि पढ्नुहोस

कैलाली, कैलालीको भजनी नगरपालिका–५ दुधुवाफाटाबाट लागुऔषध ब्राउन सुगरसहित स्कुटरमा सवार दुई जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।

दुधुवाफाटास्थित सडकखण्डमा से७प ८६४७ नंको स्कुटर जाँचका क्रममा स्कुटरमा सवार सोही नगरपालिका–१ गौनियाका गणेश कोली र वडा नं २ रजवाराका मनोज मल्ललाई पाँच ग्राम लागुऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो ।

उनीहरुविरुद्ध लागुऔषध ब्राउन सुगर शीर्षकमा मुद्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको बताइएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।