एउटा पृथक उपन्यास : काँचुली

धर्मचन्द्र योन्जन तामाङ । यतिबेला संसारभर महामारीको राज चलिरहेको छ । यसले पनि सर्पले काँचुली फेरेझैं आनो रुप फेरिरहेको खबरहरु आइरहेका छन् । यससँग मुकाविला गर्नको लागि मानव समुदाय अनवरत लागिरहेको छ ।

कोही औषधी निर्माण गर्न जुटिरहेका छन्, कोही तिनै ओखतीमुलो प्रयोग गरेर संक्रमितहरुलाई बचाउन हरसम्भव प्रयास गरिहेका छन् भने कोही ज्यान जोगाउन विविध उपायहरु अपनाइरहेका छन् । विश्व स्वास्थ्य संगठनले भनेबमोजिम सरकारले दिएको निषेधाज्ञाको आदेश पालना गर्नुको विकल्प पनि छैन ।

यो अवधिमा पुस्तकले पनि हामीलाई काँचुली फेर्न अर्थात् नयाँ जीवन पाउनको लागि सहयोग गर्दछ । पुस्तक विभिन्न विधामा लेखिएका हुन्छन्, आफूलाई मन परेको पुस्तक पढेर यो विरÏलाग्दो समय व्यतित गर्न सकिन्छ ।

विविध विधाहरुमध्ये धेरैले रुचाउने उपन्यास नै हो । कतिपय उपन्यासहरु पुनः दोहो¥याएर पढँुपढूँ लाग्ने खालको हुन्छ । पढ्दै जाँदा मानवीय कल्पनाको संसारभित्र पाठक हराउन सक्दछ । त्यहाँका पात्रहरुका सुख, दुःख, हाँसो, खुशी र रोदनहरु आनैजस्तो लाग्ने गर्दछ । अनि तिनका संवेदना र उपन्यासको भाषाशैलीले पाठकलाई साउने झरीले जसरी निथ्रुकै भिजाउँछ ।

मैले यस महामारीका बीच रोशन दाहालद्वारा लिखित उपन्यास ‘काँचुली’ पुस्तक पढेँ । बौद्घ दर्शनमाथि राम्रो दख्खल राख्नुहुने दाहालको उपन्यास ‘काँचुली’ वास्तवमा चलनचल्तीको उपन्यासभन्दा निकै दार्शनिक र पृथक लाग्यो । यसले तपाई पाठकहरुलाई समय बिताउन र ज्ञानको दायरा बढाउनका लागि राहत पक्कै पनि दिन्छ भन्ने लाग्छ ।

यसमा शिल्प र शैली अरु उपन्यासहरुको भन्दा अलग रहेको अनुभव हुन्छ । उपन्यासकारबाट पात्रहरुको छटपटीलाई दर्शन, चिन्तन र मनोवज्ञिानको सियो र धागोमा उनिएको पाउन सकिन्छ । यसले मान्छेलाई आध्यात्मिक ज्ञानको अलावा मानसिक तनाव दुर गर्न र गराउन मार्गदर्शन पनि दिनसक्छ । त्यसकारण यसलाई बिस्तारै घुम्ती, मोड र बिसौनीहरुमा बिसाउँदै–बिसाउँदै अध्ययन गर्नसके अवश्यपनि फलदायी हुन्छजस्तो लागेको छ । परभौतिक विषयमा लेखिएको आधुनिक नेपाली आख्यान पनि हो – ‘काँचुली’, यहाँ लेखनशैलीमा नवीन प्रयोग छ ।

आध्यात्म र धर्मको बीचमा रहेको भीड हराएर फर्किएको मुख्य पात्रले आनो बिग्रँदो मनोवज्ञिान र त्यसको उपचारको खोजी गर्दा पाएको अनुभुति र अनुभवहरु उपन्यासको मुख्य कथा हो । उसको जीवनमा व्यहोर्नुपरेको अनेकन् उतारचढावहरुलाई उनेर उपन्यासको निर्माण गरिएको छ । जीवन र जगतका बारेमा सिर्जना हुनेगरेका प्रश्नहरुको उत्तर पनि उपन्यासले दिन खोजेको छ । मानव जीवनमा घट्ने जुनसुकै घटनाहरुको कुनै न कुनै कारण हुन्छ भन्ने निश्कर्ष उपन्यासले निकालेको छ ।

उमेरको एउटा विन्दुमा पुगेर आना अविभावकहरुको सपनासँगै आनै रंगिन दुनियाँको परिकल्पना गरेका दुई पात्रको दैनिकीबाटै कथा शुरु भएको देखिन्छ । बनारसको त्यस कथाले बिस्तारै गति लिन्छ । दुई पात्रले फरक–फरक बाटो समाउँछन् । फेरि उपन्यासको बीचतिर कथाका पात्र एउटै मार्गमा समाहित हुन्छन् । पण्डित बन्ने यात्रामा रहेको मुख्य पात्र फरक बाटो पक्रँदै गृहस्थ बनिसकेको हुन्छ । उसले धन कमाउँछ, विलासितामा साधनहरु जोडेको हुन्छ तरपनि ऊ दुःखी र अस्थिर रहन्छ । त्यतिबेलासम्ममा उसको साथी साधना सिकाउने प्रख्यात गुरु भइसकेको हुन्छ । ऊ उसैसँग शरण लिन पुग्दछ ।

उसको बाल्यकालको साथी जो अहिले साधना सिकाउने भइसकेका छन्, उनको नाउँ निवेशानन्द हो । निवेशानन्दले सम्मोहन विधिबाट उसको मनलाई स्थिर बनाउँछन् । उपन्यासमा निवेशानन्दले आना मित्रलाई पुर्वजन्मका हरेक घटनाहरु, ती घटना घटेका तिथिहरु र पुर्वजन्मका बारेमा जान्नसक्ने बनाउँछ । हो यहीँनेर उपन्यासकारले सम्मोहन विधिका बारेमा विस्तृत रुपमा पाठकलाई बताउन चुकेका छन् भनेर समीक्षा गरिएको पाइन्छ । तर, मलाई उपन्यासकार चुकेको भन्दापनि यसलाई कथाले फड्को मारेको हो कि जस्तो लागेको छ ।

हिन्दु र बौद्वबीचको शीतयुद्व, धर्मभीरुबीचको मतान्तर र धर्मको ऐतिहासिक पक्षलाई उपन्यासकारले उपन्यासमा मिहिन रुपले केलाएका छन् । उपन्यासकारले बुद्व दर्शनको अध्ययनमा आफूलाई खारिएको देखाउन खोजेको देखिन्छ, तर उपन्यासमा संवाद शिलशिला अश्वभाविक र भद्दा देखिएको पाउन सकिन्छ । दर्शनका बोझिला शब्दावलीको प्रयोगलाई न्युनिकरण गरी सरल भाषाशैलीको उपयोग हुनु उपन्यासको सवल पक्ष हो । लामो सैद्धान्तिक व्याख्याले उपन्यासलाई केही हदसम्म गहकिलो बन्न दिएको छैन ।

‘काँचुली’ कतै उपन्यासजस्तै लाग्छ भने कतै दर्शनको व्याख्याजस्तो अनुभुति हुनेगर्दछ । त्यसैगरी कुनै समय इतिहासको वर्णनजस्तो पनि लाग्न सक्छ । खैर उपन्यासले सकारात्मक सन्देश प्रवाह गरेको छ । भाषिक रुपमा पनि यो अब्बल नै देखिन्छ । मानिसले बाँचेको जीवन, ठानेको सत्य र मानेको सफलता के साँच्चै अन्तिम सत्य हुन् ? यी र यस्तै गम्भीर प्रश्न उपन्यासले धेरै ठाउँमा उठाएको छ । यसलाई उपन्यासको शÏि मान्न सकिन्छ । लुिम्बनी बौद्ध विश्वविद्यालयले स्नातक तह, प्रथम वर्षको अनिवार्य नेपाली विषयको पाठ्यक्रममा समावेश यो उपन्यास समग्रमा पठनीय छ । महामारीको समय छ — घरभित्रै सुरक्षित रहौँ, पुस्तक पढौँ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।