विश्वव्यापी खुल्ला अनलाइन कोङकोङमा (विनायो) वादन प्रतियोगिता हुने

काठमाडौ । किराँत राई साँस्कृतिक कलाकार संघले आफ्नो १६ औ स्थापना दिवसको अवसर पारेर खुल्ला विश्वब्यापी अनलाइन कोङकोङमा (विनायो) वादन खुल्ला प्रतियोगिता जेष्ठ २२ गतेदेखि विधिवत रुपमा आयोजना गरेको छ ।

कार्यक्रममा सचिव सुरज मेवाहाङ राईले कोङकोङमा (विनायो)बाजाको संरक्षण सम्बद्र्धन र युवा पिढीमा हस्तान्तरण गर्ने उद्देश्यले यो प्रतियोगिताको आयोजना गरिएकोले प्रतियोगितामा जुनसुकै मुलुक र जुनसुकै समुदायबाट सहभागि हुन पाइने, कोङकोङमाको भिडियो कम्तिमा २ मिनेटको हुनुपर्ने, कोङकोङमाको वादन पठाउदा अडियो सहितको भिडियो हुनुपर्ने साथै तल दिइएको इमेल मा भिडियो पठाउनु पर्नेछ ।

प्रतियोगिता दुई चरणमा सन्चालन हुने र पहिलो चरणको भिडियो असार १० गतेभित्रमा पठाइसक्नुपर्ने र छनौट भएका भिडियो संस्थाको युट्युव च्यानल kiratraikalakar बाट अपलोड गरिने जानकारी गराउनु भएको थियो । कोङकोङमा प्रतियोगिता असार महिनाको अन्तिम हप्तामा समापन हुने समेत बताउनु भयो ।

कोङकोङमा (विनायो) प्रतियोगितामा प्रथम,दितिय र तृतिय हुने विजेताहरुले क्रमशः १६ हजार ,१० हजार र ७ हजार नगद पुरस्कार सहित प्रमाणपत्र प्राप्त गर्ने कार्यक्रम संयोजक रोशन चाम्लिङ राईले बताउनु भयो ।

विनायोको मिठो धुनबाट कार्यक्रमको शुभआराम्भ गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथि किराँत राई यायोक्खाका उपाध्यक्ष जीवन हाताचो राईले किराती कलाकारहरु आफ्नो कलाको माध्यमबाट किरात राई समुदायप्रति जिम्मेवार भएर लाग्न आग्राह गर्नु भयो ।

कार्यक्रममा किराँत राई साँस्कृतिक कलाकार संघका सस्थापक अध्यक्ष जितेन राई, किरायाका महासचिव जनक राई, किराया बाग्मती प्रदेशका अध्यक्ष सुमन राइ किराँत राई साँस्कृतिक कलाकार संघका पूर्व अध्यक्ष पार्वती राईर्, निवर्तमान अध्यक्ष राजु एन राई, यु.ए.ई. किरायाका अध्यक्ष चन्द्र साम्पाङ राई,वाम्बुले राई समाज वाम्राचका अध्यक्ष गजुरधन राई , किरासकसका संरक्षक सदस्य भीम पुमा राई र पत्रकार गणेश वाम्बुले लगायतका अग्राज व्यक्तित्वहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

किराँत राई साँस्कृतिक कलाकार संघका अध्यक्ष रामकर राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो भने भर्चुअल कार्यक्रममा आमन्त्रित अतिथिहरुलाई किराँत राई साँस्कृतिक कलाकार संघका उपाध्यक्ष शालिक सताशक राईले स्वागत गर्नु भएको थियो । कार्यक्रम संस्थाका सचिव पदम राईले सन्चालन गर्नु भएको थियो ।

कार्यक्रममा समाजसेवी तथा संस्कृतिविदहरुबाट किराँत राई संगीत सम्मान कोषका लागि १ लाख ६ हजार ४ सय ६४ रुपैया सहयोग प्राप्त भएको किराँत राई साँस्कृतिक कलाकार संघका उपाध्यक्ष तथा अक्षयकोष संयोजक शुशिला राईले बताउनु भयो ।

गीतकार तथा समाजसेवी राकेशचन्द्र राईबाट २५ हजार,गायक तथा गीतकार केशव राईबाट २५ हजार ,समाजसेवी दिनेश थुलुङबाट २५ हजार, संघका संरक्षक सदस्य रोम बहादरु राई र हिरा कुमारी राईबाट ५ हजार, संस्कृतिविद जितेन राईबाट ५ हजार,संघका पुर्व अध्यक्ष जनक राईबाट ५ हजार ६ सय ७८ रुपैया, संघका निवर्तमान अध्यक्ष राजु एन राईबाट ५ हजार ५ सय ५५ रुपैया, नृत्य निर्देशक तथा संघको संस्थापक कोषाध्यक्ष भुपेन्द्र पुमा राईबाट ५ हजार २ सय ३१ रुपैया र गायिका तथा नायव सुव्वा अनुका राईबाट ५ हजार गरी जम्मा १ लाख ६ हजार ४ सय ६४ रुपैया प्राप्त भएको संयोजक राईले जानकारी दिनु भएको छ ।

अहिले किराँत राई संगीत सम्मान अक्षयकोष २ लाख २२ हजार २ सय २२ रुपैया रहेको छ भने निकट भविष्यमा १० लाख १० हजार १० रुपैया पुराउने लक्ष्य लिएको अक्षयकोष संयोजक शुशिला राईले बताउनु भयो ।

पठाउने ठेगाना –

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।