भारतमा ६१ दिनयता सब भन्दा कम कोरोना सङक्रमित

नयाँ दिल्ली ,भारतमा आइतबार १ लाख ६३६ जना थप व्यक्तिमा कोरोना सङ्क्रमण देखा परेको छ । कोरोना सङ्क्रमितको यो संख्या ६१ दिनयताको सव भन्दा कम हो ।

हाल भारतमा कोरोना सङ्क्रमितको संख्या २ करोड ९० लाख १० हजार ६११ पुगेको मन्त्रालय सोमबार जानकारी दिएको छ ।

त्यसैगरी भारतनमा कोरोना सङ्क्रमणको कारण ज्यान गमाउने व्यक्तिको संख्यामा सोचेजस्तो कमि नआए तापनि केहीयता यस प्रकोपको कारण ज्यान गुमाउने पनि केही कम भने भएको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ ।

भारतमा गत २४ घण्टामा २ हजार ४२७ जनाको मृ,त्यु, भएपछि यहाँ कोरोनाबाट मृ,त्यु, भएका व्यक्तिको संख्या ३ लाख ४९ हजार १८६ पुगेको छ ।

गत २४ घण्टामा भारतमा १ लाख ७४ हजार ३९९ जना सङ्क्रमित कोरोना मुक्त भएका छन् । यसैसँग भारतमा २ करोड ७१ लाख ५९ हजार ६०९ जना कोरोना मुक्त भएका छन् ।

हाल यहाँ १४ लाख १ हजार ६०९ जना सक्रिय सङ्क्रमित रहेका छन् । भारतमा जुन ६ तारिखसम्म ३६ करोड ६३ लाख ३४ हार १११ जनाको कोरोना परिक्षण गरेको सरकारी स्रोतले जानकारी दिएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖