आदिवासी जनजाति महासंघ बेलायतको अध्यक्ष पदमा महासंघका पूर्व महासचिव कमानसिंङ शेर्पाको पनि उम्मेदवारी

लण्डन – नेपाल आदिवासी जनजाति महासंघ बेलायत (नेफिन यूके) को आगामी नेतृत्वका लागि जम्मा तीन जना उम्मेद्वारहरु प्रतिस्पर्धामा उत्रेका छन् । नेफिन यूकेले आउने शनिबार भर्चुअल रुपमै आफ्नो चौथो अधिवेशन सम्पन्न गर्दैछ ।

निर्वाचन समितिका अध्यक्ष भक्तबहादुर दुराका अनुसार अध्यक्ष पदमा महासंघका पूर्व महासचिव कमानसिंङ शेर्पा (कर्मा पहाडी), किराँत याक्खा छुम्मा यूकेका पूर्व अध्यक्ष धन रोगू र किराँत राई यायोक्खाका भगवान चाम्लिङले औपचारिक रुपमा अध्यक्षका लागि उम्मेदवारी दर्ता गराइसकेका छन् ।

तीनै जना उम्मेदवारहरुमध्ये नेतृत्व कसले हात पार्ला भन्ने अड्कलबाजी बेलायतका आदिवासी जनजातिमाझ भइरहँदा उम्मेदवार कर्मा पहाडी शेर्पाले भने आफ्नो बिजय सुनिश्चित भएको दावी पेश गरेका छन् । उनीसंग २०१५–१८ कार्यकालमा महासंघको महासचिव भएर नतृत्व गरेको अनुभव पनि छ ।

“जबसम्म बेलायतमा रहका नेपाली आदिवासीहरुले महासंघमा आफ्नो अपनत्वको महसुस गर्दैनन् तबसम्म महासंघलाई एक ढिक्का बनाएर लैजान कठिन छ । म अध्यक्ष भए मेरो पहिलो कर्तब्य त्यो हुनेछ”, शेर्पा संघ युरोपका महासचिव समेत गरिसकेका कर्मा पहाडी शेर्पाले बताए ।

त्यस्तै उनले आफू अध्यक्ष भए जनजाति महासंघ नेपालसंगको सम्बन्धलाई अरु प्रगाढ बनाउँदै गत साल मात्रै स्थापना भएको नेफिनको वैदेशिक शाखाहरुको अन्तरर्राष्ट्रिय सञ्जाललाई तार्किक निष्कर्षमा पुर्याउने लक्ष रहेको बताए ।

“जनजाति मु्द्दा र सवालहरुमा म मेरा प्रतिद्धन्दीहरु भन्दा स्पष्ट छु र मैले महासंघमा बसेर काम गरिसकेको र त्यसको फरक महासंघका नेतृत्व वर्ग र सदस्य संगठनहरुले देखिसकेको हुँदा जुन १९ मा हुने महासंघको चुनावमा मलाई जिताउने कुरामा म ढुक्क छु”, उनले भने ।

गायनमा र पत्रकारितामा समेत रुची राख्ने शेर्पाले आफ्नो स्वरमा झण्डै दुई दर्जन गीत रेकर्ड गराएका छन् । उनी ग्लोबल दैनिक डट कमका सञ्चालक तथा सम्पादक समेत हुन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।