१९ दिनमा चार गीत सकेर साऊदी फर्किएका गीतकार एवं निर्देशक निरौला अन्ततः निराश भए – कारण यस्तो…

शर्मिला राई, धनकुटा । १९ दिनको छुट्टी बसाईमा लगातार चार गीत भिडियो सुटिङ सके लगतै पुनः साऊदी फर्किएका गीतकार एवं निर्देशक विष्णु विक्रम निरौला अन्ततः निराश भएका छन । भर्खरै मनोरञ्जनको दुनियामा प्रवेश गरेका निरौला आफ्नो चौथो गीत “क्या हिरो भएछ” बोलको गीत मेमोरी कार्डमै रहेको र मेमोरी कार्ड खराब भएकाले उनी निराश भएका हुन ।

धनकुटाको पाख्रीबास नगरपालिका चार स्थित घर भई हाल साउदीमा कार्यरत गीतकार एवं निर्देशक निरौला एक सञ्चारकर्मी समेत हुन एम. एड. (M.Ed.) पहिलो बर्षको परिक्षा अपेक्षाकृत नभएपछि परिक्षा अबधीमै साऊदी छिरेका निरौला आर्थिक समस्याका कारण विदेशिनु परेको बताउछन ।

उनिद्वारा लिखित पहिलो गीत गायक किरण भुजेलको आवाज रहेको “चट्ट कपाल कोरेर” त्यस्तै दोश्रो विशाल निरौला र अश्मिता अधिकारीको आवाज रहेको “माया पलायो” त्यस्तै तेस्रो निशान भट्टराईको आवाजमा “गाजल लिपिक्कै” पहिले नै धनकुटा खबर युट्युव च्यानल मार्फत सार्वजनिक भईसकेका छन भने चौथो गीत गायिका एलिना चौहानको आवाज रहेको “क्या हिरो भएछ” सार्वजनिक गर्न बाँकी नै रहेको प्रोडक्सन म्यानेजर मोहन राईले बताए । यी चारै गीतमा एम के निरौलाको कम्पोज र विशाल निरौलाको एरेन्ज रहेको र अलड़कार स्टुडियोमा रेकर्ड गरिएको पनि राईले बताए ।

अरु सबै गीत कम्प्युटरमा कपि गरिसकेको तर चौथो गीतको सुटिङ क्लिप्सहरु कम्प्युटमा नसारी मेमोरी कार्ड नै लिएर कर्मथलो लागेको तर उक्त मेमोरी कार्ड नखुलेको गीतकार एवं निर्देशक निरौलाले बताए । रिपेयरिङ सेन्ट दिँदा पनि केही जोर नचलेको उनको भनाई छ ।

“क्या हिरो भएछ” गीत कहिले सार्वजनिक हुन्छ त ? भन्ने प्रश्नमा गीतकार एवं निर्देशक निरौलाले भने, “गीतका सुटिङ क्लिप्सहरु समयमै कम्प्युटरमा नसार्नु ठूलो गल्ति भयो । कोरोना कहरका बीच अर्को शुटिङ गर्नु अनुपयुक्त हुन्छ । त्यसैले अब लिरिक भिडियो सार्वजनिक गर्नु पर्ला । यही शुक्रबार दिउसो ३:०० बजे गीतको लिरिक भिडियो सार्वजनिक गर्ने योजना छ आशा छ यसलाई पनि दर्शक एवं श्रोता वृन्दले मनपराई माया गरिदिनुहुनेछ ।”

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।