बालविवाह अन्त्य गर्न कार्यान्वयनमा ल्याएको ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम प्रभावकारी

झलनाथ खनाल, कैलालीको टीकापुर नगरपालिकाले बालविवाह अन्त्य गर्न कार्यान्वयनमा ल्याएको ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम प्रभावकारी देखिएको छ । सो कार्यक्रम अन्तर्गत हालसम्म नगरपालिकाले ५ सय १३ छोरीको बैंक खाता खोलिदिएको छ । आर्थिक वर्ष २०७६÷०७७ देखि सो कार्यक्रम कार्यान्वयनमा ल्याइएको थियो ।

नगरप्रमुख तपेन्द्रबहादुर रावलले वार्षिक रु १ हजारका दरले बीसर्षसम्म नगरपालिक भित्रका छोरीका खातामा रकम जम्मा गरिदिने जानकारी दिनुभयो । बीस वर्ष नपुग्दै छोरीले बिवाह गरेका पाइएमा रकम पाउनबाट वन्चित गरिने जनाइएको छ ।

उहाँले कार्यक्रमबाट समयमै छोराछोरीको जन्मदर्ता गराउनेका सङ्ख्यामा समेत वृद्धि भएको बताउनुभयो । “नगरपालिकालाई बालविवाह मुक्त बनाउने अभियानमा नगरपालिका लागेको छ । बालविवाह न्यूनीकरण गर्न हाम्री छोरी प्यारी छोरी अभियान शुरुआत गरेका हौ”, नगर प्रमुख रावलले भन्नुभयो, “कार्यक्रम प्रभावकारी भएको छ । यसले छोरीको जन्मदर्तामा समेत टेवा पु¥याएको छ ।”

नगरपालिका यसको तथ्याङ्क सुरक्षित राखेको छ । महिला तथा बालबालिका शाखा प्रमुख संगीता शाहले छोरी जन्मेको महिना दिन नपुग्दै छोरीको बैंक खाताको लागि आउने गरेको जानकारी दिनुभयो । नगरपालिकाले सो कार्यक्रमका लागि आगामी आवमा रु १० लाख बजेट विनियोजन गरेको छ ।

रु ७५ करोडको बजेट प्रस्तुत

गरपालिकाले आर्थिक वर्ष २०७८÷०७९ का लागि रु ७५ करोड ८८ लाख ९५ हजार ५ सयको बजेट ल्याएको छ । नवौँ नगर सभाबाट चालुतर्फ रु ४९ करोड ३३ लाख ६७ हजार ६ सय तीन र पूँजीगततर्फ रु २६ करोड ५५ लाख २७ हजार ८ सय ९७ बजेट सार्वजनिक गरेको हो ।

आव २०७८÷०७९ को संघको राजश्व बाँडफाँट अन्तर्गत रु १५ करोड ८५ लाख ३ हजार, प्रदेश सरकार राजश्व बाँडफाँट अन्तर्गत रु ७८ लाख ५१ हजार, सङ्घको समानीकरण अनुदानतर्फ रु २० करोड १० लाख, प्रदेशको समानीकरण अनुदानतर्फ रु १ करोड ४९ लाख ३६ हजार, सङ्घको सशर्त अनुदान अन्तर्गत रु २६ करोड ९५ लाख, आन्तरिक राजश्व अन्तर्गत रु ६ करोड ७२ लाख ५ हजार ५ सय र गतवर्षको जिम्मेवारी सरेको रु १ करोड ५० लाख खर्च व्यहोर्ने बजेटका स्रोत रहेको जनाइएको छ ।

नगरपालिकाले कार्यालय सञ्चालन तथा प्रशासनिकतर्फ रु १४ करोड ६४ लाख ६२ हजार १ सय २२ विनियोजन गरेको छ । यसैगरी, आर्थिक विकासतर्फ रु ४ करोड ५८ लाख ४९ हजार , पूर्वाधार विकासतर्फ रु २१ करोड २४ लाख ७८ हजार २ सय ८६ , सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रका लागि रु २ करोड ३० लाख २६ हजार ९ सय ३०, सामाजिक विकासतर्फ रु ३३ करोड १० लाख ७९ हजार १ सय ४३ बिनियोजित छ ।–

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।