गाउँपालिका गएका पत्रकारमाथि दु,व्र्य,वहार गरेको भन्दै, दु,व्र्य,वहार गर्नेलाई का,र,वा,ही माग

डोटी,समाचार सङ्कलनका लागि जिल्लाको पूर्वीचौकी गाउँपालिका गएका पत्रकारमाथि दु,व्र्य,वहार गरेको भन्दै यहाँस्थित पत्रकार महासङ्घ तथा विभिन्न सङ्घ सङ्गठनले दु,व्र्,वहार गर्नेलाई कारवाहीको माग गरेका छन् ।

पूर्वीचौकीमा समाचार सङ्कलन र प्रशासनिक कार्यका लागि गएका नजर नेपाली साप्ताहिकका सम्पादक झलक पाली, नेपाल टेलिभिजन डोटी संवाददाता सुवास नेपाली र त्रिवेणी एफएममा कार्यरत पत्रकार प्रेम नेपालीमाथि त्यहाँका जनप्रतिनिधिले नै दु,व्र्यवहार गरेको भन्दै का,र,वा,हीका लागि माग गरिएको हो ।

पत्रकारमाथि भएको उक्त घटनाको विरोध गर्दै पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश, पत्रकार महासङ्घ डोटी शाखा, प्रेस चौतारी र प्रेस सेन्टरले प्रेस विज्ञप्ति जारी गरी घटनाका दोषीहरुलाई कानूनी कारवाहीसहित पेशागत सुरक्षाको प्रत्याभुत गराउन माग गरेका छन् ।

गाउँपालिकाले आइसोलेशन वार्ड सञ्चालनमा ल्याएको, भिडियो एक्सरे सेवा शुरु गरेको, दलित लक्षित कार्यक्रमअन्तर्गत सम्पन्न क्रियाकलापका विषयमा समाचार सङ्कलन तथा गाउँपालिकाबाट भुक्तानी गर्न बाँकी रहेका विज्ञापन तथा सूचनाको रकम भुक्तानी लिन पुगेको समयमा बिनाकारण आफूहरुमाथि हातपात हुनुका साथै गालीगलौज र अभद्र व्यवहार भएको पत्रकार पालीलगायतले आरोप लगाउनुभएको छ ।

उहाँका अनुसार वडा नं १ का वडाध्यक्ष अङ्कबहादुर खड्का, वडा नं ४ का वडाध्यक्ष नवराज खड्का, वडा नं ४ का प्रेमबहादुर खड्का र वडा नं ५ का शङ्करबहादुर कठायतले कार्यालय परिसरमै अभद्र व्यवहार गरेका हुन् ।

गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र सानागाउँ प्रहरी चौकीबाट खटिएका प्रहरीकै अगाडि आफूहरुमाथि गालीगलौज गर्ने, शरीरमा जाइलाग्ने, क्यामेरा बन्द गर्न लगाउने, मास्क खोल्न लगाउनेलगायतका अभद्र व्यवहार भएको पीडित पत्रकारहरुको आरोप छ ।

घ,टनाका विषयमा गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीसँग बुझ्दा, पत्रकारमाथि अ,भद्र व्यवहार भएको तथा उक्त घटनाले आफू लज्जास्पदसमेत बनेको बताउनुभयो । दुव्र्यवहार गरेको आरोप लागेका जनप्रतिनिधिसँग थप बुझन खोज्दा सम्पर्क हुन सकेन ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।