महिलालाई आत्मनिर्भर बनाउन सीपमूलक कार्यक्रम

खलङ्गा, जुम्लाको पातारासी गाउँपालिकाले महिलालाई आत्मनिर्भर बनाउन सीपमूलक कार्यक्रम अघि बढाएपछि स्थानीय महिलाको सशक्तीकरण भएको छ । गाउँमा रोजगारी सिर्जना गर्ने अवसर प्रदान गरेको भन्दै गाउँपालिकाको महिला तथा बालबालिका शाखाले यहाँका महिलालाई पहिलोपटक ९० दिने ढाका बुनाइ तालीम सञ्चालन गरेको हो ।

महिलाको रोजगारी सिर्जना गर्ने कार्यमा सो तालीमले निकै ठूलो मद्धत पु¥याउने गाउँपालिका उपाध्यक्ष पुन्नकली महताराले बताउनुभयो । उहाँले भन्नुभयो, “तालीमले महिलालाई स्वरोजगार सिर्जना गर्नेछ । आयआर्जनका क्रियाकलापमा सहभागी हुनका लागि उत्साह भर्ने छ ।”

गाउँपालिकामा स्वरोजगार तथा आयआर्जनका लागि सीप विकास गर्ने लक्ष्यका साथ महिलालाई आत्मनिर्भर बनाउन सीपमूलक कार्यक्रमको थालनी भएको महिला तथा बालबालिका शाखा संयोजक भगवती गिरीले बताउनुभयो । गाउँपालिकाभित्रका महिला सहकारी संस्था, हरेक वडाका महिलाको लागि सीप विकासमार्फत आयआर्जन वृद्धि गरी आत्मनिर्भर बनाई रोजगारी सिर्जना गर्ने, सीप विकास गरेर आत्मनिर्भर बनाउने, आयअर्जनमा वृद्धि गरी व्यावसायिक महिला सशक्तीकरणमा सहयोग पु¥याउने लक्ष्य रहेको उहाँको भनाइ छ ।

किसानलाई दुहुना भैँ,सी वितरण

यहाँको चन्दननाथ नगरपालिकाले नगरभित्रका व्यावसायिक किसानलाई दुहुना भैं,सी र उन्नत जातका बाख्रा वितरण गरेको छ । व्यवसाय प्रबद्र्धनसँगै आयआर्जन वृद्धि गरी किसानको जीविकोपार्जनमा सुधार ल्याउने लक्ष्यका साथ नगरपालिकाले किसानलाई अनुदानमा भैंसी र उन्नत जातका बाख्रा वितरण गरेको छ ।

नगर प्रमुख कान्तिका सेजुवालले यस कार्यले कृषकको आयआर्जनमा थप सुधार हुने बताउनुभयो । उहाँका अनुसार चन्दननाथ नगरपालिका–३ मा ४२ वटा उन्नत बाख्रा, ८ नम्बर वडामा १० वटा दुहुना भैंसी, एक राँगा र ४२ वटा बाख्रा वितरण गरिएको छ । वडा नं ९ मा पनि १० भैंसी र एक वटा राँगा वितरण गरिएको छ ।

कोरोनाका कारण सयौँको रोजगारी गुमेको, उद्योगधन्दा सञ्चालन गर्न सक्ने अवस्था नभएका बेला नगरपालिकाकाले वडा नं ३, ८ र ९ का व्यावसायिक किसानलाई गाउँमै पुगेर भै,सी, राँगा र उन्नत जातका बाख्रा वितरण गरेको उहाँको भनाइ छ । नगरपालिकाका उपप्रमुख अप्सरादेवी महतले भन्नुभयो, “नगरभित्रका विपन्न तथा व्यावसायिक कृषकलाई ७५ प्रतिशत अनुदानमा भैँसी र बाख्रा दिएका छौँ ।”

नगरपालिकाले किसानलाई करीब रु ३६ लाख बराबरका भैं,सी राँ,गा र बाख्रा वितरण गरेको जनाएको छ । नगरपालिकाको वडा नं ८ र ९ मा रु २१ लाख बराबरका २० वटा भैंसी र दुई वटा राँगा वितरण गरिएको छ । वडा नम्बर ३ र ८ मा रु १५ लाखका ८४ वटा उन्नत बाख्रा वितरण गरिएको छ ।

व्यवसाय प्रवद्र्धनसँगैै कृषकको जीवनस्तरमा सुधार भए नभएको विषयमा अनुगमन तथा निरीक्षण गरिने नगरपालिकाको पशु सेवा शाखाले जनाएको छ । राम्रो गरेका किसानलाई भैंसीको दूधबाट परिकार बनाउन सीपमूलक तालीम समेत दिइने छ । बाख्रापालनका लागि आधुनिक खोर निर्माणको पनि अघि बढेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।