बारअनुसार सेवा प्रवाह गर्दै मालपोत

वालिङ, स्याङ्जाको वालिङमा रहेको मालपोत कार्यालयले बारअनुसार सेवा प्रवाह थालेको छ । विश्वव्यापी महामारीका रुपमा तीव्र गतिमा फैलिरहेको नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई दृष्टिगत गर्दै बारअनुसार पालिका निर्धारण गरी सेवा प्रवाह गरिएको मालपोत अधिकृत रबिन अधिकारीले बताउनुभयो ।

कोभिड–१९ को सङ्क्रमणलाई दृष्टिगत गर्दै भूमि व्यवस्थापन तथा अभिलेख विभागले मालपोत कार्यालयबाट हुने अत्यावश्यक मात्र सेवा प्रवाह गर्नु भनेर स्थानीय प्रशासनको समन्वयमा स्वास्थ्य सुरक्षा मापदण्डअनुसार निर्देशन भएकाले सोही अनुसार गरिएको उहाँले बताउनुभयो ।

कार्यालयले आइतबार र सोमबार वालिङ तथा भिरकोट नगरपालिका, मङ्गलबार र बुधबार चापाकोट नगरपालिका, बिरुवा र हरिनास गाउँपालिका, बिहीबार र शुक्रबार गल्याङ नगरपालिका तथा कालीगण्डकी गाउँपालिकाका सेवाग्राहीलाई सेवा प्रवाह गर्ने मालपोत अधिकृत अधिकारीले बताउनुभयो ।

कार्यालयले बारअनुसार पालिका छुट्याएको छ भने सीमित मात्रै सेवा सञ्चालन गरेको छ । जग्गा दृष्टिबन्धक, जग्गा फुकुवा, राजीनामा, सामान्य संशोधन, प्रतिलिपिजस्ता सेवा सञ्चालन गरेको भए पनि बकससम्बन्धी सेवा, अंशबन्डा, नामसारी, स्रेस्ता कायम गर्नेलगायत अन्य सेवा तत्कालका लागि बन्द गरिएको छ ।

बारअनुसार पालिका छुट्याउँदा कार्यालयमा सेवाग्राहीको भीड कम भई सङ्क्रमणको जोखिम न्यून हुने भएकाले यो विधि अपनाइएको उहाँले बताउनुभयो । यसैबीच जिल्ला प्रशासन कार्यालयले यही असार १५ गतेसम्म जारी रहेको निषेधाज्ञालाई लम्ब्याएर यही असार २५ गतेसम्म पु¥याएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।